२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ?


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ७८० पुगेको जानकारी दिएको छ। जसमध्ये पछिल्लो २४ घण्टामा २५९ संक्रमित थपिएका हुन ।

थपिएका संक्रमितमध्ये प्रदेश १ को उदयपुरमा ३, झापामा १, भोजपुरमा १, मोरङमा ८ र सुनसरीमा ४ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को धनुषामा २ र सिरहामा ३ जना रहेका छन ।

यसैगरी बागमती प्रदेशको काठमाडौंमा ९९, काभ्रेमा १, चितवनमा ५, दोलखामा २, नुवाकोटमा ४, भक्तपुरमा ९, ललितपुरमा १८ र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ११, गोरखामा २, तनहुँमा ५, म्याग्दीमा १, बागलुङमा २ र स्याङजामा २ जना संक्रमित थपिएका छन् ।

लुम्बिनी प्रदेशको कपिलवस्तुमा १९, दाङमा ३, नवलपरासीमा २, पाल्पामा ४, प्युठानमा १, बाँकेमा २, रोल्पामा २ र रुपन्देहीमा ६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी कर्णाली प्रदेशको सुर्खेतमा ३ जनामा कोरोना पुष्टि भएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा १०, कैलालीमा २, डडेल्धुरामा ७ र बझाङमा १२ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ११ : ०४ बजे

मुस्लिम समुदायका लागि मधेशमा बुधबार बिदा

जनकपुर – मधेस प्रदेश सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश

राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’

जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको