निर्वाचनको वातावरण बनाउन प्रमुख निर्वाचन आयुक्तको आग्रह « Khabarhub

निर्वाचनको वातावरण बनाउन प्रमुख निर्वाचन आयुक्तको आग्रह


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पुरानो र नयाँ प्रविधिको उच्चतम प्रयोग गरेर निर्वाचनको उत्कृष्ट वातावरण बढाउन सबै सञ्चार माध्यमसँग आग्रह गरेका छन् ।

निर्वाचनमा सरकारी स्वामित्वका सञ्चार माध्यमको राष्ट्रिय दायित्व अन्य सञ्चार माध्यमको भन्दा बढी रहेकाले आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीलाई तीव्र बनाउन थपलियाले जोड दिए ।

निर्वाचनका लागि आयोगले आफ्नो तयारीलाई तीव्र बनाएको चर्चा गर्दै सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यमको सहयोगबाट निर्वाचनको उपयुक्त वातावरण तयार गर्न सञ्चार माध्यमको ठूलो भूमिका रहेको उनले बताए । उनले आफ्नो पेसागत दक्षता र सीपलाई प्रयोग गरेर देशलाई निर्वाचनमय बनाउन सरकारी स्वामित्वका सञ्चार माध्यम स्वतन्त्र रहेको पनि स्पष्ट पारे ।

सरकारी स्वामित्वका सञ्चार माध्यमका प्रमुख तथा प्रतिनिधिहरूले आइतबार प्रमुख निर्वाचन आयुक्त थपलिया र आयोगका सचिव देवकुमारी गुरागाईंलाई आ–आफ्नो संस्थाले गरेको तयारीबारे जानकारी गराएका थिए।

सञ्चार माध्यमका प्रमुखहरूले आकस्मिक रूपमा निर्वाचनमा जानु परेको र ठूलो जनशक्ति तथा अत्याधुनिक प्रविधिको प्रयोग गर्नुपर्ने भएकाले स्रोत साधन जुटाइदिन आयोगसँग अनुरोध पनि गरेका छन् ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ९ : १५ बजे

शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौं– काठमाडौँ महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा

काठमाडौंको वायु गुणस्तरमा सुधार, हल्चोकबाट यस्तो देखियो उपत्यका (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केहीदिन अघिमात्र

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले

भारतको एक अस्पतालमा आगलागी : दश जनाको मृत्यु

एजेन्सी– पूर्वी भारतको एससीबी अस्पतालको आईसीयूमा आगलागी हुँदा ट्रामा केयर

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

काँक्रेविहार– बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना