‘राष्ट्रिय एकीकरण मार्गलाई पर्यटनमार्फत समृद्धिसँग जोडौँ’ « Khabarhub

‘राष्ट्रिय एकीकरण मार्गलाई पर्यटनमार्फत समृद्धिसँग जोडौँ’


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– राष्ट्रिय एकीकरण मार्गलाई पर्यटनका माध्यमबाट देशको आर्थिक समृद्धिसँग जोड्न माग गरिएको छ ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा गोरखादेखि काठमाडौँसम्म ओहोरदोहोर गरेका बाटामा गएको वर्षदेखि नेपाली सेनाले पदयात्रा गर्दै आएको छ ।

ककनीकी रेनुका लामा रुम्बा भन्छिन, ‘नेपालको गौरवपूर्ण इतिहास जोडिएको एकीकरण मार्गलाई पर्यटन पदमार्गका रुपमा विकास गरी आर्थिक समृद्धिसँग जोड्ने विभिन्न कार्यक्रम सञ्चालन गर्न आवश्यक छ।’

एकीकरण मार्गमा सेनाले पदयात्रा सञ्चालन गरेकामा खुशी व्यक्त गर्दै उनले भनिन्, ‘विगतमा सुनेको विषय अहिले सेनाका कारण प्रत्यक्ष देख्न पाइयो, पृथ्वीनारायणले नेपाललाई एकीकरण गर्नुभएको हो, हामीले इतिहासलाई संरक्षण गर्नुपर्छ, ऐतिहासिक चिज वस्तुलाई जोगाउनुपर्छ । शालिक तोडफोड गर्नु गल्ती हो ।’

ककनी गाउँपालिका–५ आज बिहान नेपाली सेनाको जबरजङ्ग गणले शम्शेरदल गणका गणपति प्रमुख सेनानी उमेश श्रेष्ठलाई गोरखा दरबारदेखि ल्याइएको राष्ट्रिय एकताको प्रतीक नेपालको राष्ट्रिय झण्डा र एकीकरण ज्योति हस्तान्तरण गरेको थियो ।

त्यस अवसरमा दुवै गणका टोलीले बाजागाजासहित नाचगान गरी गरेको हर्ष बढाइँमा स्थानीयवासीले साथ दिएका थिए । यस अवसरमा गणपति श्रेष्ठले भने, ‘हाम्रा पुर्खाको योगदानलाई जीवन्त तुल्याउन एकता दिवसका अवसरमा एकीकरण मार्गमा पदयात्रा सञ्चालन गरिएकामा स्थानीयवासीबाट कोरोनाको महामारीका बीचमा पनि अत्यन्तै उत्साह र हौसला प्रदान भएको छ।’

सैनिक पदयात्रा टोलीलाई काठमाण्डौको तारकेश्वर नगरपालिका–३ पाँचमानेगढीमा जनप्रतिनिधि र स्थानीयवासीले अक्षता, माला र खादालगाएर स्वागत अभिवादन गरेका थिए । यस अवसरमा त्यहाँका महिलाको नेतृत्वमा रहेको लोकसंस्कृति नौमति बाजा समूहले हर्षोल्लासका साथ टोलीलाई स्वागत अभिवादन महिला गर्नाका साथै टोलीसँग निकै खुशीयालीका साथ लोकनृत्य प्रस्तुत गरेको थियो ।

त्यस बाजा टोलीका सदस्य गीता क्षेत्रीले भनिन्, ‘शुभकार्य र पाहुनालाई बाजा बजाएर स्वागत गर्ने पहिलेदेखि रही आएको परम्परा र चालचलनअनुसार हामीले खुशी भएर स्वागत गरेका हौँ, पृथ्वीनारायणको योगदानकै कारण हामीले नेपाली भएर गौरव गर्न पाएका छौँ ।’

पृथ्वीनारायण शाहको योगदानको प्रचारप्रसार गर्नाको साटो शालिक तोडफोड गर्ने र पितापुर्खालाई होच्याउने ढङ्गबाट हामीले प्रस्तुत हुन नहुने बताउँदै उनले भनिन्, ‘सबै देशभक्तले राष्ट्रनिर्माताको योगदानलाई सम्मान गरौँ।’

विसं ११७९ पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायणको योगदानलाई कदर गर्न उनको तस्वीर अङ्कित मुद्रा निकाल्न र राष्ट्रिय एकता दिवसका दिन राष्ट्रिय बिदाको घोषणा गर्न आवाज उठ्दै आएको छ ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ७ : ५४ बजे

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति