मन्त्री रायमाझीलाई कालोझण्डा र प्रतिगमनको ब्यानर « Khabarhub

मन्त्री रायमाझीलाई कालोझण्डा र प्रतिगमनको ब्यानर


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नेकपा ओली समूहको भेलामा आएका ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई नेकपाकै प्रचण्ड–नेपाल समूहले कालोझण्डा र प्रतिगमनको ब्यानर टाँगेर विरोध जनाएको छ ।

नवलपरासीपूर्व कावासोतीस्थित रिसोर्टमा आइतबार नेकपा (ओली समूह) को कार्यकर्ता भेला रहेको थियो । भेलामा सम्बोधन गर्न मन्त्री रायमाझी कावासोती आएकाबेला प्रचण्ड–नेपाल समूहले कार्यक्रमस्थल बाहिर कालोबलुनमा असंवैधानिक कदम खारेज गर, गद्दारहरु होसियार लेखेको कालो व्यानर बनाएर उडाएको थियो ।

प्रचण्ड–नेपाल समूहले कावासोतीका राजमार्ग छेउछाउका बिजुलीका पोलहरुमा पनि कालोझण्डा टाँगेका थिए ।

कार्यक्रम शुरु हुनुभन्दा केही समयअघि ठाउँठाउँमा कालोझण्डा टाँगेपछि मन्त्री रायमाझी आउनुभन्दा कालोझण्डा र ब्यानर हटाउन प्रहरीलाई हम्मेहम्मे परेको थियो ।

पुराना कावासोती बजारदेखि रामनगर चोकसम्म नेकपा प्रचण्ड नेपाल समूहका कार्यकर्ताहरुले विजुलीको पोल र प्रतिक्षालय अगाडि कालोझण्डा र ब्यानर टाँगेका थिए । सडक छेउमा टाँगिएको ब्यानरमा नेकपा जिल्ला समिति नवलपुर लेखिएको थियो ।

थप तस्वीर हेर्नुहोस्

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ८ : ५६ बजे

शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौं– काठमाडौँ महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा

काठमाडौंको वायु गुणस्तरमा सुधार, हल्चोकबाट यस्तो देखियो उपत्यका (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केहीदिन अघिमात्र

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले

भारतको एक अस्पतालमा आगलागी : दश जनाको मृत्यु

एजेन्सी– पूर्वी भारतको एससीबी अस्पतालको आईसीयूमा आगलागी हुँदा ट्रामा केयर

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

काँक्रेविहार– बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना