काठमाडौं उपत्यकामा थपिए ३१४ कोरोना संक्रमित « Khabarhub

काठमाडौं उपत्यकामा थपिए ३१४ कोरोना संक्रमित


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा भेटिएका ४८८ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ३१४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार काठमाडौंमा २३०, भक्तपुरमा १५ र ललितपुरमा ६९ जना संक्रमित थपिएका छन् ।

यो सँगै काठमाडौंमा कुल संक्रमितको संख्या ९८ हजार ९ सय २९ पुगेको छ। जसमध्ये ९६ हजार २ सय ९३ जना उपचारपछि निको भएका छन् भने ४ सय ८१ जनाको मृत्यु भएको छ। काठमाडौंमा अझै पनि २ हजार १ सय ५५ जना सक्रिय संक्रमित छन्।

भक्तपुरमा हालसम्म ८ हजार ८ सय ४९ जना संक्रमित उपचारपछि निको भएका छन्। ९ हजार ५४ कुल संक्रमितमध्ये १ सय ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। भक्तपुरमा अझै पनि ९४ जना उपचाररत छन्।

यस्तै, ललितपुरमा कुल संक्रमितको संख्या १५ हजार ६ सय १५ पुगेको छ। १५ हजार १ सय ९७ जना डिस्र्चाज हुँदा १ सय ५२ जनाको मृत्यु भएको छ। ललितपुरमा २ सय ६६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ४ : २३ बजे

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ– कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने