काठमाडौं उपत्यकामा थपिए ३१४ कोरोना संक्रमित | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा थपिए ३१४ कोरोना संक्रमित


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा भेटिएका ४८८ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ३१४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार काठमाडौंमा २३०, भक्तपुरमा १५ र ललितपुरमा ६९ जना संक्रमित थपिएका छन् ।

यो सँगै काठमाडौंमा कुल संक्रमितको संख्या ९८ हजार ९ सय २९ पुगेको छ। जसमध्ये ९६ हजार २ सय ९३ जना उपचारपछि निको भएका छन् भने ४ सय ८१ जनाको मृत्यु भएको छ। काठमाडौंमा अझै पनि २ हजार १ सय ५५ जना सक्रिय संक्रमित छन्।

भक्तपुरमा हालसम्म ८ हजार ८ सय ४९ जना संक्रमित उपचारपछि निको भएका छन्। ९ हजार ५४ कुल संक्रमितमध्ये १ सय ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। भक्तपुरमा अझै पनि ९४ जना उपचाररत छन्।

यस्तै, ललितपुरमा कुल संक्रमितको संख्या १५ हजार ६ सय १५ पुगेको छ। १५ हजार १ सय ९७ जना डिस्र्चाज हुँदा १ सय ५२ जनाको मृत्यु भएको छ। ललितपुरमा २ सय ६६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ४ : २३ बजे

चितवनबाट फर्किए प्रधानमन्त्री, केहीबेरमा शिक्षकहरूसँग वार्ता

काठमाडौं- शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित १७ दिनदेखि काठमाडौंमा

खेलकुदमा लगानी गर्न हिच्किचाउनु हुँदैन : सभामुख घिमिरे

कास्की– सभामुख देवराज घिमिरेले खेलकुद क्षेत्रमा लगानी वृद्धि गरेर सबैका

काठमाडौंमा राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप सुरू

काठमाडौं– नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा आठौँ राष्ट्रिय

कैलालीको जानकीलाई थारू संस्कृतिको ललितकला हब बनाउने योजना

काठमाडौं– कैलालीको जानकी गाउँपालिकालाई थारु सांस्कृतिक सम्पदाको संरक्षण लागि ललितकलाको