कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुल्यो « Khabarhub

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुल्यो


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विद्यालय शिक्षाको राष्ट्रिय प्रारुप, २०७६ कार्यान्वयन नगर्न सर्वोच्चमा परेको रिट खारेज भएको छ ।

न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलाशले रिट खारेज गर्ने आदेश जारी गरेको हो । रिट खारेज भएसँगै कक्षा एक र ११ मा नयाँ पाठ्यक्रमअनुसार पढाई सञ्चालन गर्ने बाटो खुलेको छ ।

पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रमअनुसारको पढाई सञ्चालन गर्न मातहतका सबै निकायहरुमा परिपत्र गरेको भएपनि गत असोज ३० गते नयाँ पाठ्यक्रम कार्यान्वयन नगर्न माग गर्दै भगवता अर्यालसहितले सर्वोच्चमा रिट दायर गरेका थिए ।

विद्यालय तहको पाठ्यक्रम बनाउने विषय स्थानीय तहको भएको भन्दै परेको रिट सर्वोच्चले खारेज गरेसँगै अब नयाँ पाठ्यक्रम नै लागू हुने भएको हो । यसअघि अधिकांश विद्यालयले नयाँ पाठ्यक्रमअनुसार पढाई सञ्चालन गरेपनि केही विद्यालयहरुले भने पुरानै पाठ्यक्रमअनुसार पढाई सञ्चालन गरिरहेका थिए ।

यसअघि न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले कार्तिक १९ गते नयाँ पाठ्यक्रम तत्काल कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको थियो । तर आज सर्वोच्चका न्यायाधीशहरु केसी र ढुंगानाको इजलाशले रिट नै खारेज गरेको हो ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ४ : २३ बजे

रासायनिक मललाई प्रतिस्थापन गर्दै गँड्यौला मल

सिरहा– धनगढीमाई नगरपालिका–१० दनुवारी टोलकी अनिता महतोलाई अचेल रासायनिक मलको

आईपीएल क्रिकेट : लखनउसँग बैंगलुरु ९ रनले पराजित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्ससँग रोयल

बचत तथा ऋणको कारोबार गर्न एघार हजार ६०० सहकारी दर्ताको प्रक्रियामा

काठमाडौं– राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा एघार हजार ६०० सहकारी दर्ताको

३३औँ प्रधानन्यायाधीशको नेतृत्व गर्दै डा. शर्मा

काठमाडौं– संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशका रूपमा सर्वोच्च अदालतका न्यायाधीश डा

काठमाडौं उपत्यकामा ट्राफिक चेकजाँचमा कडाइ

काठमाडौं– काठमाडौँ उपत्यकामा बढ्दो सवारी चापसँगै दुर्घटनाका घटना नियन्त्रण गर्न