सूर्य चिन्ह र नेकपा हाम्रै हुन्छ, खोसेमा ‘आँधीबेहरी’ आउँने प्रचण्डको चेतावनी « Khabarhub

सूर्य चिन्ह र नेकपा हाम्रै हुन्छ, खोसेमा ‘आँधीबेहरी’ आउँने प्रचण्डको चेतावनी


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम र चिन्ह आफ्नै पक्षमा हुने दाबी गरेका छन् ।

गण्डकी प्रदेश कमिटीको आयोजनामा भएको कार्यकर्ता भेलामा उनले आफूहरुसँग ७० प्रतिशत रहेकाले पार्टीको नाम र सूर्य चिन्ह आफ्नै पक्षमा हुने दाबी गरेका हुन ।

“नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हाम्रै हुन्छ । सूर्य चिह्‍न पनि हाम्रै हुन्छ । तपाईं लेखेर राख्नुस् । कसैले खोस्‍न सक्दैन । खोस्यो भने आँधीबेहरी आउँछ,’ उनले चेतावनी दिए ।

उनले निर्वाचन आयोगसँग कुराकानी गर्दा न्याय गर्ने विश्वास  पलाएको बताए । ‘आयोग यो विषयमा गम्भीर भएको छ । सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा हामी धेरै छौँ,’ उनले भने, ‘त्यसैले ढुक्क हुनुभए हुन्छ निर्णय हाम्रै पक्षमा हुन्छ।’

ओली मानिसहरुलाई धम्काउने र प्रतिगमनमा रमाउने मानिस भएको उनले आरोप लगाए। उनले जनतालाई भेडाबाख्रा नठान्न प्रधानमन्त्री ओलीलाई चेतावनी समेत दिए ।

उनले भने, ‘म चुनौती दिएर भन्न चाहन्छु कमरेड केपी ओलीलाई। तपाईंले हास्यव्यंग्य गरेर मान्छेलाई प्रहसन गराएर दुनियाँलाई उल्लू बनाउन सकिन्छ भन्ने ठान्नुभएको छ? जनतालाई भेडाबाख्रा ठान्नुभएको छ तपाईंले ?’

सत्ता र शक्तिको प्रयोग गरेर मानिसहरुलाई धम्काउने, तर्साउने तथा पार्टी एकताको मर्म र भावनामाथि प्रहार गर्ने काम प्रधानमन्त्री ओलीबाट भइरहेको प्रचण्डले आरोप लगाए ।

यस्तै प्रधानमन्त्री ओलीले जनयुद्धलाई कुहिएको फर्सी भन्दै गरेको टिप्पणीलाई लिएर पनि दाहालले आपत्ति जनाएका थिए । ओलीले प्रधानमन्त्री पदका लागि पार्टी फुटाएको आरोप लगाए ।

उनले सडक संघर्षमा टाउको फुटाउने पालो आफूहरुको आएको समेत बताए । उनले भने, ‘अब गिरिजा बाबुपछि सायद माधव जी म, प्रकाश जी, झलनाथ एकचोटी सड्कमा टाउको फुटाउने हाम्रो पालो आएको हो कि ? तपाईहरु तयार हुनुहुन्छ ?’

अध्यक्ष दाहालले ‘जबज’ माधव नेपालले नभई प्रधानमन्त्री केपी शर्मा ओलीले नै छोडेको दाबी गरे । अध्यक्ष दाहालले केपी ओलीभन्दा माधवकुमार नेपाल हजार गुणा इमान्दार भएको बताए ।

‘केपीभन्दा माधव नेपाल हजार गुणा इमान्दार, हजार गुणा पारदर्शी, हजार गुणा सुशासनको पक्षधर छन्’, प्रचण्ड भने ।

माओवादी र एमाले एकीकरणमा वामदेव गौतमको महत्वपूर्ण भूमिका रहेको उनले बताए । वामदेवकै पहलकदमीमा पार्टी एकीकरण अगाडि बढेको पनि उनले बताएका थिए ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ४ : ५० बजे

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको

उच्चस्तरीय राजनीतिक वार्ता समिति पुग्यो कांग्रेस कार्यालय (तस्बिरहरू)

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिद्वारा नेपाली कांग्रेसको पार्टी कार्यालयको