काठमाडौं उपत्यकामा २६९ संक्रमित थपिए | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा २६९ संक्रमित थपिए


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २२१ , ललितपुरमा २९ र भक्तपुरमा ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

योसँगै काठमाडौँ उपत्यकामा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख २३ हजार २८४ पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म काठमाडौंमा मात्र ९९ हजार १५० जना संक्रमित भएका छन्, जसमध्ये ४८२ जनाको मृत्यु भएको छ। हालसम्म ९६ हजार ४२७ जना निको भएका छन्।

यसैगरी ललितपुरमा १५ हजार ६४४ जना संक्रमित भएका छन्। जसमा १५२ जना संक्रमितको मृत्यु भएको छ भने १५ हजार ३६७ जना निको भएका छन्।

त्यस्तै भक्तपुरमा हालसम्म कोरोना संक्रमितको संख्या ९ हजार ६३ पुगेको छ । जसमा १११ को मृत्यु भएको छ भने ८ हजार ८६४ जना निको भएका छन्।

हाल काठमाडौंमा २ हजार २४१, ललितपुरमा २७७ र भक्तपुरमा ८८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ५ : ०१ बजे

राष्ट्रियताको पक्षमा दृढतापूर्वक बोल्ने पार्टी एमाले मात्रै हो : ईश्वर पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक

खोलामा डुबेर बालिकाको मृत्यु

मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–५ देउरालीस्थित खोलामा

पतञ्जलि प्रकरणबारे माधव नेपालले भने : अदालतबाट न्याय पाउने विश्वास छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

यस्तो देखियो ‘बलिदान’मा सौगात मल्लको लुक्स

काठमाडौं – निर्देशक तथा निर्माता सन्तोष सेनको महत्वकांक्षी फिल्म ‘बलिदान’का