पल्सर स्पोर्ट्स अवार्ड : उत्कृष्ट युवा खेलाडी बने तामाङ « Khabarhub

पल्सर स्पोर्ट्स अवार्ड : उत्कृष्ट युवा खेलाडी बने तामाङ


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गल्फर सुवास तामाङले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गतको वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन् ।

ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको अवार्ड कार्यक्रममा सुवास उत्कृष्ट युवा खेलाडी घोषित भएका हुन् ।

यस अवार्ड जित्ने क्रममा सुवासले जुडोकी पुनम श्रेष्ठ, तेक्वान्दोका भूपेन्द्र श्रेष्ठ, भारोत्तोलनकी सञ्जु चौधरी र तेक्वान्दोकी सिना लिम्बु मादेनलाई पछि पारे ।

सुवासले नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा दुई स्वर्ण पदक जितेका थिए । व्यक्तिगत र टिममा उनले स्वर्ण जितेका थिए ।

त्यस्तै, आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीका सुवासले राहुल विक र निश्चयजंग राजमाझीसँग टिम इभेन्ट्समा रजत पदक जितेका थिए।

फाल्डो सिरिज छनोट २०७६ मा च्याम्पियन बनेका उनले सूर्य नेपाल प्रिमियर लिगमा च्याम्पियन बनेका थिए ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ५ : २६ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।