टेलिकमको मोबाइल भुक्तानी तयार « Khabarhub

टेलिकमको मोबाइल भुक्तानी तयार

अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकमा


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल टेलिकमको सहायक कम्पनीले मोबाइल भुक्तानी सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार र संयन्त्र तयार पारेको छ । राष्ट्रिय वाणिज्य बैंक र टेलिकमको संयुक्त लगानीको कम्पनीले सेवा सञ्चालनको अनुमतिपत्रका लागि आइतबार राष्ट्र बैंकमा निवेदन पेश गरेको हो ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले समेत कम्पनीबाट भुक्तानी सेवाका लागि समयमै निवेदन प्राप्त भएको जानकारी दिए । डिजिटल पेमेन्ट कम्पनी लिमिटेड नामक उक्त कम्पनीलाई राष्ट्र बैंकले ६ महिनाअघि नै मोबाइल मनी सेवा सञ्चालनका लागि प्रारम्भिक सहमति दिएको थियो ।

अब राष्ट्र बैंकले ३० दिनभित्र कम्पनी दर्ता, कार्यालय, कर्मचारी, सफ्टवेयर, नेटवर्क लगायतको आवश्यक प्रबन्ध भए नभएको स्थलगत अनुगमन गर्ने बताइएको छ । जाँचबुझका क्रममा उपयुक्त देखिएमा अर्को महिनाभित्र मोबाइल भुक्तानी सेवाका लागि अनुमतिपत्र प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ ।

त्यस आधारमा डिजिटल पेमेन्ट कम्पनीले टेलिकमका मोबाइल नम्बरलाई नै डिजिटल वालेटको रुपमा प्रयोग गर्न सकिने गरी सेवा सुरु गर्नेछ । जसबाट सहजै विभिन्न वस्तु तथा सेवाको भुक्तानी गर्न सकिनेछ ।

मोबाइल भुक्तानीका लागि रहने रकम रिचार्ज ब्यालेन्सको रुपमा भन्दा फरक खातामा रहने बताइएको छ । रिचार्जमा दूरसञ्चार सेवा शुल्क लगायतका कर लाग्ने भएकाले मोबाइल मनी सस्तो बनाउन यस्तो विकल्प अगाडि सारिएको हो ।

भुक्तानी सेवाका लागि राष्ट्रिय वाणीज्य बैंक सेटलमेन्ट बैंकको रुपमा रहनेछ । त्यसो त अहिले पनि विभिन्न कम्पनीले मोबाइल मनी, मोबाइल बैंकिङ तथा वालेटको नाममा डिजिटल भुक्तानी सेवा सञ्चालन गरिरहेका छन् ।

तर दुई सरकारी निकायले सञ्चालनमा ल्याउने मोबाइल मनी सेवाले आम उपभोक्तामा डिजिटल भुक्तानीप्रति विश्वास बढाउने विश्वास छ ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ७ : ०१ बजे

मुग्लिन–पोखरा खण्ड : एक अर्ब २१ करोड लागतमा आर्क ब्रिज बनाइँदै

दमौली–मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको काम धमाधम

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार बस्दैछ ।

पाकिस्तानको उत्तर–पश्चिममा आतंकवादविरुद्धको कारबाहीमा ६ आतंककारी मारिए

एजेन्सी– पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तूनख्वामा आतंकवादविरुद्ध गरिएको गुप्तचर सूचनामा

लेबनानमा बढ्दो मानवीय संकटप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले लेबनानमा इजरायली बमबारीबाट प्रभावित मानिसहरूका

‘विजयसाल सामुदायिक घरवास’मा पाहुनाको आकर्षण

कञ्चनपुर–  कृष्णपुर नगरपालिका–२ वाणीस्थित मुक्तकमैया बस्ती अहिले ग्रामीण पर्यटनको आकर्षक