टेलिकमको मोबाइल भुक्तानी तयार | Khabarhub Khabarhub

टेलिकमको मोबाइल भुक्तानी तयार

अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकमा


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल टेलिकमको सहायक कम्पनीले मोबाइल भुक्तानी सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार र संयन्त्र तयार पारेको छ । राष्ट्रिय वाणिज्य बैंक र टेलिकमको संयुक्त लगानीको कम्पनीले सेवा सञ्चालनको अनुमतिपत्रका लागि आइतबार राष्ट्र बैंकमा निवेदन पेश गरेको हो ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले समेत कम्पनीबाट भुक्तानी सेवाका लागि समयमै निवेदन प्राप्त भएको जानकारी दिए । डिजिटल पेमेन्ट कम्पनी लिमिटेड नामक उक्त कम्पनीलाई राष्ट्र बैंकले ६ महिनाअघि नै मोबाइल मनी सेवा सञ्चालनका लागि प्रारम्भिक सहमति दिएको थियो ।

अब राष्ट्र बैंकले ३० दिनभित्र कम्पनी दर्ता, कार्यालय, कर्मचारी, सफ्टवेयर, नेटवर्क लगायतको आवश्यक प्रबन्ध भए नभएको स्थलगत अनुगमन गर्ने बताइएको छ । जाँचबुझका क्रममा उपयुक्त देखिएमा अर्को महिनाभित्र मोबाइल भुक्तानी सेवाका लागि अनुमतिपत्र प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ ।

त्यस आधारमा डिजिटल पेमेन्ट कम्पनीले टेलिकमका मोबाइल नम्बरलाई नै डिजिटल वालेटको रुपमा प्रयोग गर्न सकिने गरी सेवा सुरु गर्नेछ । जसबाट सहजै विभिन्न वस्तु तथा सेवाको भुक्तानी गर्न सकिनेछ ।

मोबाइल भुक्तानीका लागि रहने रकम रिचार्ज ब्यालेन्सको रुपमा भन्दा फरक खातामा रहने बताइएको छ । रिचार्जमा दूरसञ्चार सेवा शुल्क लगायतका कर लाग्ने भएकाले मोबाइल मनी सस्तो बनाउन यस्तो विकल्प अगाडि सारिएको हो ।

भुक्तानी सेवाका लागि राष्ट्रिय वाणीज्य बैंक सेटलमेन्ट बैंकको रुपमा रहनेछ । त्यसो त अहिले पनि विभिन्न कम्पनीले मोबाइल मनी, मोबाइल बैंकिङ तथा वालेटको नाममा डिजिटल भुक्तानी सेवा सञ्चालन गरिरहेका छन् ।

तर दुई सरकारी निकायले सञ्चालनमा ल्याउने मोबाइल मनी सेवाले आम उपभोक्तामा डिजिटल भुक्तानीप्रति विश्वास बढाउने विश्वास छ ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ७ : ०१ बजे

भेरी नदीमा बेपत्ता दुईको शव फेला, एक बेपत्ता

काँक्रेविहार– जाजरकोटको नलगाड नगरपालिका–८ मा भेरी नदीमा पौडी खेल्ने क्रममा

नेतामाथि धमाधम मुद्दा : ओलीको पूर्वाग्रह कि सुशासनको प्रयास

काठमाडौं– सङ्घीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा

सङ्घीय गणतन्त्रको महत्त्वपूर्ण आयाम स्थानीय तह : पूर्वराष्ट्रपति भण्डारी

मोरङ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताको कठोर सङ्घर्षबाट स्थापित सङ्घीय

अतिक्रमित पुरैना ताल पुनर्स्थापना गरिँदै

घोडाघोडी– भजनी नगरपालिका–७ मा रहेको पुरैना ताल पुनर्स्थापनाको काम सुरु भएको

पतञ्जली जग्गा प्रकरण अब अदालतको विषय बनिसकेको छ : झलनाथ खनाल 

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पतञ्जली जग्गा