प्रचण्डले लोकेन्द्रलाई भनेका थिए- बाबुरामले छाड्नु भयो, अब तपाईं फर्किनुस् | Khabarhub Khabarhub

प्रचण्डले लोकेन्द्रलाई भनेका थिए- बाबुरामले छाड्नु भयो, अब तपाईं फर्किनुस्


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लोकेन्द्र विष्ट मगरले नेकपा माओवादी केन्द्र छाडेको नै १२ वर्ष बितिसकेको छ । उनले २०७२ साउन पहिलो साता माओवादी स्थायी कमिटी सदस्य हुँदा हुँदै माओवादी छाडेका थिए ।

हिजोको ‘जनयुद्ध’का दर्जनौँ सहयात्रीसँगै प्रचण्डको साथ छाड्ने नेता मगर पनि एकजना हुन् । उनले एकताको क्रममा होस् या पुनर्गठन/पुनर्निर्माण/
पुनर्सुदृढीकरण भनेर होस्, जो जहाँ पुगे पनि ढिलोछिटो भेट हुनर् बताएका छन् ।

‘पृथ्वी गोलो छ। हाम्रा चाल र ताल उनै हुन्। त्यसैले धेरै पानी धमिल्याएर त्यसैमा होस/विवेक नै गुमाएर मनलाग्दी अमिलो नमिसाउनु’, उनी भन्छन्, ‘जसले त्यो भेटमा हत्तपत्त कालो चश्मा र मास्क लगाएर बाटो काट्ने आपतकाल नआइदेओस् ।’

उनले भेटिने र छुट्टिने क्रमलाई नियमित प्रक्रिया भन्दै आफूलाई पनि एक दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा फर्किन आग्रह गरेको सुनाए ।

उनले माओवादीका अर्का नेता डा. बाबुराम भट्टराईले छाडेको भन्दै आफूलाई पार्टीमै फर्किन प्रचण्डले अपिल गरेको खुलासा गरेका छन् ।

‘एकदिन कमरेड प्रचण्डले फोन गरेर भन्नुभयो, ‘बाबुराम निस्कनुभयो, अब आउनुहोस्’, उननले विगत सम्झिँदै भनेका छन्, ‘अनि मैले भनेँ, ‘बाबुराम र मबीचमा कुन वर्ग-दुस्मनी थियो र ? त्यसपछि हाम्रो (प्रचण्ड र लोकेन्द्र) कुराकानी भेटघाट छैन।’

विष्ट मगरले प्रचण्ड लाजिम्पाटमै बस्दा राजीनामा बुझाएर हिँडेका थिए । अहिले प्रचण्ड खुमलटारमा बस्छन् भने विष्ट मगर केही वर्ष कृषि खेतीमा लागेर पनि अहिले आराम गरिरहेका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १ : १६ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक २८ गते शुक्रबार। मंसिर

आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २८ गते शुक्रबार। मंसिर

एभरेस्ट महिला भलिबल: पोखराविरुद्ध काठमाडौं स्पाइकर्सको जित

काठमाडौं- एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौं स्पाइकर्सले जित निकालेको

फ्रान्सका राष्ट्रपति म्याक्रोन भन्छन्ः आगामी युद्ध अन्तरिक्षबाट सुरु हुनेछ

पेरिस – रुसले उत्पन्न गरेको खतरालाई उजागर गर्दै फ्रान्सका राष्ट्रपति

अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन सक्दैनः केपी ओली

भक्तपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार