भूकम्प सुरक्षा दिवस यस वर्ष भक्तपुरमा मनाइने « Khabarhub

भूकम्प सुरक्षा दिवस यस वर्ष भक्तपुरमा मनाइने


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले केन्द्रीयस्तरको भूकम्प सुरक्षा दिवस भक्तपुरको थिमीमा मनाउने भएको छ ।

गृहमन्त्री रामबहादुर थापा अध्यक्ष रहेको भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको निर्णयअनुसार माघ २ गते भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा दिवस मनाउन लागिएको हो ।

उक्त कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । यस वर्ष दिवसको नारा ‘बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ तय गरिएको छ ।

भूकम्प सुरक्षा दिवस मार्गदर्शन २०७१ को व्यवस्थाबमोजिम उक्त नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको संयोजकत्वमा व्यवस्थापन समिति र शहरी विकार तथा भवन निर्माण विभागका महानिर्देशकको संयोजकत्वमा प्रचारप्रसार उपसमिति बनाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

तेइसौँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले देशव्यापीरुपमा स्कूलस्कूलमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत अनुरोध गरेको छ । यस्तै प्रदेशस्तरमा दिवस मनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र पालिकास्तरमा दिवस मनाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत अनुरोध गरिएको प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए ।

जिल्लामा भूकम्प सुरक्षा दिवस मनाउन प्राधिकरणमार्फत परिपत्र गरिसकिएको उनले जानकारी दिए ।

उक्त कार्यक्रमका लागि केन्द्रीय विपद् व्यवस्थापन कोषबाट रु १५ हजारका दरले उपलब्ध गराउने निर्णय भइरहेको छ । दिवसमा केन्द्रीयस्तरमा विभिन्न कार्यक्रम सञ्चालन गर्न उक्त कोषबाट रु चार लाख भूकम्प प्रविधि राष्ट्रिय समाजलाई उपलब्ध गराउने निर्णय पनि समितिले गरेको छ ।

उक्त दिवसका अवसरमा नमूना अभ्यास, तालीम, उद्धार सामग्री वितरण, रक्तदान, सन्देशमूलक सामग्री प्रसारण, चेतनामूलक प्रहसन, नाटकजस्ता विषय छनोट गर्न सम्बन्धित प्रशासन कार्यालयलाई भनिएको छ । समितिले दिवस सफल बनाउन नगरिक समाज, संयुक्त राष्ट्रसङ्घीय निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था र सामुदायिक संस्थालाई आह्वान गरेको छ । भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले दिवसमा सक्रिय सहभागिताका लागि साझेदार संस्थालाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ७ : ०७ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका