मौसम परिवर्तनका कारण बिरामी बढे, स्वास्थ्य संस्थामा औषधि अभाव « Khabarhub

मौसम परिवर्तनका कारण बिरामी बढे, स्वास्थ्य संस्थामा औषधि अभाव


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


बैतडी– मौसममा आएको परिवर्तनसँगै बैतडीका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको छ । जिल्ला अस्पताल बैतडीमा दैनिक बिरामीको चाप बढ्दै गएको अस्पतालका स्वास्थ्य सहायक खेमराज भट्टले जानकारी दिए ।

मौसमी ज्वरो, रुघाखोकी, झाडापखालालगायतका बिरामीको सङ्ख्या बढेको उनले बताए । यी रोगबाट अन्यको तुलनामा बालबालिका बढी प्रभावित भएको उनले उल्लेख गरे । भट्टका अनुसार अस्पतालमा दैनिक १०० को हाराहारीमा बिरामी आउने गरेका छन् ।

यस्तै केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा पनि दैनिक ७० को हाराहारीमा बिरामी आउने गरेको स्वास्थ्य सहायक मुकेशकान्त दयालले जानकारी दिए । पहिलाको तुलनामा आजभोलि ज्वरो, झाडापाखालालगायतका बिरामी बढेको तर प्राथमिक स्वास्थ्य केन्द्रमा औषधिको अभाव रहेको उनले बताए ।

मेलौली नगरपालिकाले औषधिका लागि बोलपत्र आह्वान गर्न नसक्दा औषधि अभाव भएको दयालले बताए । सरकारले प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने भए पनि आधा औषधि पनि नभएको उनले बताए ।

केन्द्रमा औषधि नहुँदा बिरामी मर्कामा परेका छन् । मौसम परिवर्तन भएसँगै स्वास्थ्यमा विभिन्न समस्या आउनसक्ने भएकाले खानपिनमा ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीले जोड दिएका छन् । यो समयमा प्रशस्त मात्रामा पानी पिउनुपर्ने, सरसफाइमा ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  १० : २५ बजे

नायिका दिव्याको पोज

काठमाडौं – नायक दिलिप रायमाझी पुत्री दिव्याले गत वर्ष फिल्म

निश्चल बस्नेतको ‘दिमाग खराब’ युट्युबमा

काठमाडौं – निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ शुक्रबारबाट युट्युबमा

भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह

कोलम्बो- श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टि–२० विश्वकप

कांग्रेसले देशलाई एकताबद्ध बनाएको छ : उपसभापति शर्मा

पाटन– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले हरेक कालखण्डमा कांग्रेसले देशलाई