२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ?


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार १४३ पुगेको जानकारी दिएको छ । जसमा पछिल्लो २४ घण्टामा ४४५ जना संक्रमित थपिएका हुन ।

थपिएका संक्रमितमध्ये प्रदेश १ को झापामा ५, तेह्रथुममा १, पाँचथरमा १, भोजपुरमा १, मोरङमा ११ र सुनसरीमा ३ जना छन् । त्यस्तै प्रदेश २ को धनुषामा १, पर्सामा ३, सप्तरीमा २३, सर्लाहीमा १ र सिरहामा ४ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी बागमती प्रदेशको काठमाडौंमा १८९, काभ्रेमा ७, चितवनमा १, दोलखामा ५, धादिङमा ४, नुवाकोटमा २, भक्तपुरमा १९, मकवानपुरमा ३, रसुवामा ३, ललितपुरमा ३८ र सिन्धुपाल्चोकमा ४ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा २८, गोरखामा १, तनहुँमा २, पर्वतमा २, म्याग्दीमा २, लमजुङमा २ र बागलुङमा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ५, गुल्मीमा २, दाङमा २, नवलपरासीमा १, पाल्पामा २, बर्दियामा ६, बाँकेमा २५, रोल्पामा १ र रुपन्देहीमा १८ जना कोरोना संक्रमित थपिएका छन् ।

यसैगरी कर्णाली प्रदेशको जुम्लामा १ जना कोरोना संक्रमित थपिएका छन् भने सुदूरपश्चिम प्रदेशको डोटीमा १ र बझाङमा १० जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  १० : ५० बजे

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश

राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’

जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा