शे-फोक्सुण्डो निकुञ्जमा मासु र भरुवा बन्दुकसहित एक पक्राउ « Khabarhub

शे-फोक्सुण्डो निकुञ्जमा मासु र भरुवा बन्दुकसहित एक पक्राउ


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा– डोल्पाको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा मासु र भरुवा बन्दुक सहित एक पक्राउ परेका छन् । चोरी शिकारी नियन्त्रण इकाइले निकुञ्जको निगालगैरा भन्ने वन क्षेत्रमाबाट गत पुस २७ गते रातिको समयमा पक्राउ गरेको हो ।

स्थानीयका अनुसार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका वडा नं ६ बस्ने लक्ष्मीचन्द्र शाही रहेका छन् । निज व्यक्तिबाट एक थान भरुवा बन्दुक, वन्यजन्तुको जस्तो देखिने आखेटोपहार (मासुको टुक्रा), १९ वटा गोली,बारुद १ बट्टा तथा बन्दोबस्तीका सामानहरु बरामद गरिएको निकुञ्जका वार्डेन सरोजमणि पौडेलले जानकारी दिए ।

निजलाई हिरासतमा राखि अनुसन्धान कार्य अगाडि बढाइएको निकुञ्जले जनाएको छ । निकुञ्जले यसभन्दा अगाडि पनि ३७ थान भरुवा बन्दुक, १ थान कटुवा पेस्तोल, इन्सास राईफलका गोलीहरु पनि बरामद गरिएको थियो ।

भौगोलक कठिनाई, विशाल भुगोल,न्यून जनशक्ति र अत्याधिक चिसोका बावजुद पनि निकुञ्जले चोरी शिकारी नियन्त्रण कार्यलाई निरन्तरता दिइरहेको छ ।
पछिल्लो समयमा वन-जंगल, वन्यजन्तु र प्राकृतिक सम्पदा संरक्षणको लागि निकुञ्जले स्थानीय जनताहरुसंग समन्वयकारी भूमिकालाई प्राथमिकता दिएको छ

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  १० : ३९ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका