योग, ध्यान र आहार विहारलाई जीवन पद्धति बनाउन सके महामारीको सामना गर्न सकिन्छ : प्रधानमन्त्री ओली « Khabarhub

योग, ध्यान र आहार विहारलाई जीवन पद्धति बनाउन सके महामारीको सामना गर्न सकिन्छ : प्रधानमन्त्री ओली


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले योगको थप महत्व र सान्दर्भिकता बढेको बताएका छन् ।

उनले कोरोना भाइरस कोभिड–१९ को प्रकोपबारे प्रामाणिक खोज र औषधिका अभावमा वर्तमान विश्व प्रभावित भइरहेका बेला यसको सान्दर्भिकता बढेको बताएका हुन् ।

Image may contain: one or more people, people on stage and people standing

राष्ट्रिय योग दिवस, २०७७ का अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले योग, ध्यान र आहार विहारलाई जीवन पद्धतिका रुपमा दैनिक अपनाउन सकिएमा महामारीको सङ्क्रमण सामना गर्न सहज हुने बताएका छन् ।

प्रधानमन्त्री ओलीको सन्देशमा योगाभ्यास र आयुर्वेद एक भरपर्दो र प्राचीन उपचार पद्धति भएकाले स्वस्थ्य रहनका लागि यसलाई नियमित अभ्यासमा लान आग्रह गरे ।

नेपालमा विसं २०७२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाइँदै आएको छ ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  २ : ४९ बजे

राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश, एक विधेयक

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश र एक विधेयक जारी

कांग्रेस सभापतिको शपथग्रहण फूलपातीका दिन, अन्यको दशैँपछि

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको

ककरोच जनता पार्टीका दिपके फेरि पक्राउ

काठमाडौं- ककरोच जनता पार्टीका प्रमुख अभिजीत दिपके फेरि पक्राउ परेका

दसैँ बिदामा पनि टेकु अस्पताल खुला रहने

काठमाडौँ – काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले

स्थानीय तहको विकासका लागि योग्य नेतृत्व आवश्यक : रास्वपा प्रवक्ता खरेल    

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले स्थानीय