एक पटक कोरोना भएर निको भएकाहरु भ्याक्सिन लगाए जत्तिकै सुरक्षित « Khabarhub

एक पटक कोरोना भएर निको भएकाहरु भ्याक्सिन लगाए जत्तिकै सुरक्षित


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एक पटक कोरोनाभाइरसबाट संक्रमित भएर निको भएकाहरु भ्याक्सिन लगाएका मानिसहरुजत्तिकै सुरक्षित भएको एक अध्ययनमा खुलासा भएको छ ।

बेलायतमा पब्लिक हेल्थ इङल्याण्ड (पीएचइ) ले गरेको अध्ययनमा एक पटक संक्रमित भएर निको भएकाहरु ९० प्रतिशतसम्म सुरक्षित भएको खुलासा भएको छ ।

विशेषज्ञहरुले संक्रमित भएर निको भएका बिरामीहरुमा भएको प्रतिरक्षा क्षमता कम्तीमा भ्याक्सिनले दिने सुरक्षाजत्तिकै भएको बताएको द सनमा प्रकाशित रिपोर्टमा जनाइएको छ ।

यो यस प्रकारको सबैभन्दा ठूलो अध्ययन भएको रिपोर्टमा जनाइएको छ । अध्ययनमा २१ हजार नेशनल हेल्थ सर्भिसका स्वास्थ्यकर्मीहरु सहभागी थिए ।

अध्ययनकर्ताहरुले भाइरसबाट संक्रमित भएको ६ महिनापछि पनि उनीहरुमा भाइरसविरुद्ध प्रतिरक्षा क्षमता भएको पाएका छन् । विशेषज्ञहरुले यो उत्साहजनक नतिजाले भाइरसविरुद्ध प्रतिरक्षा क्षमता लामो समयसम्म रहिरहनेतर्फ संकेत गरेको बताएका छन् ।

यो अध्ययनको नतिजाले निको भइसकेका बिरामीहरुलाई अहिलेको लागि भ्याक्सिन लगाइसकेका बिरामीहरुजत्तिकै सुरक्षित मान्न सकिने देखिएको छ । जसले निको भइसकेका बिरामीलाई तत्कालै भ्याक्सिन लगाउन हतारिनु नपर्ने त त्यो समयमा अन्य संक्रमित नभएकाहरुलाई भ्याक्सिन लगाउन सकिने अवसरको सिर्जना गरेको छ । यसो हुँदा हर्ड इम्युनिटीको अवस्था चाँडै आउने सम्भावना उच्च देखिएको छ ।

पीएचइका बरिष्ठ मेडिकल सल्लाहकार तथा अनुसन्धान टिमका प्रमुख अनुसन्धानकर्ता प्रोफेसर सुसन हप्किन्सले भने ‘पहिले भएको संक्रमण भ्याक्सिन जत्तिकै राम्रो देखिएको छ । कम्तीमा हामीले अध्ययन गरेको ६ महिनाको अवधिसम्म यो प्रभावकारी छ । अब भ्याक्सिनले पनि मानिसहरुलाई प्रतिरोधी शक्ति दिनेछ जसले भाइरसको प्रसार घटाउँदै जानेछ ।’

वैज्ञानिकहरुले २० हजार ७८७ जनालाई ५ महिनाभन्दा लामो समयसम्म निरन्तर निगरानी गरेका थिए । यीमध्ये ६ हजार ६१४ जना पहिले संक्रमित भइसकेका थिए । अध्ययनमा पहिले संक्रमित भएकाहरुमा सिम्प्टोम्याटिक संक्रमण ९० प्रतिशतसम्म घटेको पाएका छन् । यसबाहेक एसिम्प्टोम्याटिक संक्रमण पनि ८३ प्रतिशतले घटेको पाइयो ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  ८ : २० बजे

एनएमए निर्वाचन : डा. शाहीको उम्मेदवारी यथावत् राख्न जिल्ला प्रशासनको निर्देशन 

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल चिकित्सक संघ (एनएमए) को

विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना छ : प्रशिक्षक हर्षल पाठक

काठमाडौं– नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल

कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय

एजेन्सी – थाई सैन्य बलले मंगलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुवेदीको उम्मेदवारी घोषणा

काठमाडौं– उद्योग वाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष