गायक सपुतलाई आदर्श विशेष सम्मान « Khabarhub

गायक सपुतलाई आदर्श विशेष सम्मान


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यस वर्षको आदर्श विशेष सम्मान चर्चित गायक प्रकाश सपुतलाई प्रदान गरिएको छ ।

बागलुङमा सञ्चार क्षेत्रमा क्रियाशील आदर्श सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको आदर्श विशेष सम्मान–०७७ गायक तथा सर्जक प्रकाश सपुतलाई प्रदान गरेको हो ।

सहकारीको १४औँ वार्षिक साधारणसभाका अवसरमा घोषणा गरिएको उक्त सम्मान आज प्रदान गरिएको आदर्श सहकारीले जनाएको छ ।

सपुतलाई नगद रु २५ हजार राशिसहित समारोहका प्रमुख अतिथि निर्वतमान सङ्घीय सांसद मनकुमारी केसी तथा संस्थाका अध्यक्ष हुमाकुमारी जिसीले प्रदान गरेका थिए ।

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका गायक सुपतलाई लोकगीतबाट बागलुङलाई चिनाएको भन्दै सम्मान गरिएको सहकारीका अध्यक्ष हुमाकुमारी जिसीले जानकारी दिए ।

गायक सपुतका ‘बोलमाया’, ‘गलबन्दी’, ‘बदला बरीलै’, ‘दोहोरी ब्याटल’, ‘फुटेका चुरा’,लगायतका गीत लोकप्रिय छन् ।

 

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  ८ : ५४ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर