देशभरका थप २० स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण गरिने  | Khabarhub Khabarhub

देशभरका थप २० स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण गरिने 


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गोरखा भूकम्पपछि देशका विभिन्न बीस स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण गरिएको छ ।

विसं २०७२ वैशाख १२ मा गएको गोरखा भूकम्पपछि मापनका लागि विभिन्न देशको सहयोगमा जोखिममा रहेका नेपालका २० स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण गरिएको हो ।

सरकारले भूकम्पको जोखिमलाई दृष्टिगत गरी चीन सरकारको सहयोगमा १०, जापान सरकारको सहयोगमा आठ र थाइल्याण्डको रायम्स कम्पनीको सहयोगमा दुई स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण गरेको हो ।

चीन सरकारको सहयोगमा सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, लमजुङ, मुस्ताङ, डोल्पा, मुगु, बाजुरा, दार्चुलालगायत जिल्लामा ‘भूकम्प मापन स्टेशन’ निर्माण गरिएको खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको भूकम्प मापन तथा भूकम्पीय जोखिम मूल्याङ्कन शाखाका प्रमुख भरतप्रसाद कोइरालाले जानकारी दिए ।

त्यस्तै जापान सरकारको सहयोगमा सिन्धुली, बारा, चितवन, नवलपरासी, स्याङ्जा, म्याग्दी, कपिलवस्तु, रोल्पा तथा रायम्सको सहयोगमा महोत्तरी र दाङमा स्टेशन निर्माण गरिएको छ ।

गोरखा भूकम्पअघि नेपालका २२ स्टेशनले मात्र भूकम्प मापन गर्दै आएकामा अहिले २० स्टेशन थपिएसँगै ४२ स्टेशन पुगेका छन् । विस २०३७ सालमा ललितपुरको फूलचोकी डाँडामा पहिलो भूकम्प मापन स्टेशन निर्माण गरिएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले भूकम्प मापन स्टेशन निर्माण भएसँगै देशभर जाने भूकम्पको डाटा मापन गर्न सहज हुने बताए ।

“भूकम्प मापन गर्ने धेरै स्टेशन निर्माण भएसँगै सानाभन्दा साना भूकम्पसमेतको मापन गर्न सहज भएको छ”, उनले  भने । नेपाल हिमालय हिमश्रृङ्खलामा रहेको मुलुक भएकाले पनि यस क्षेत्रमा अन्य क्षेत्रको तुलनामा धेरै भूकम्प जाने गरेको केन्द्रले जनाएको छ ।

गोरखा भूकम्पसँगै नेपालमा चार रेक्टरभन्दा माथिका ५५० पराकम्पन गइसकेका छन् । यस्तै नेपालका पूर्वी तथा पश्चिमी क्षेत्रमा नयाँ भूकम्प जाने क्रम बढेको छ । हाल राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौर र राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतबाट देशरभरको भूकम्पका बारेमा जानकारी लिइँदै आइरहेकोे छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ६ : ४५ बजे

सम्पर्क कार्यालयको बार्दलीमा हात हल्लाउँदै पूर्वराष्ट्रपति भण्डारी (तस्बिरहरू)

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय उद्घाटन भएको छ ।

लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित र दिगोपना घोषणा

लुम्बिनी– लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको

समाजवादी व्यवस्थामा मात्र मजदुरका समस्या समाधान हुनेछन् : प्रचण्ड

कास्की–  नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

एनआईसी एशिया बैंकका ग्राहकलाई कैलाली हस्पिटलमा २० प्रतिशत छुट

काठमाडौं– एनआईसी एशिया बैंकका ग्राहकलाई स्वास्थ्य उपचार सेवामा छुट दिने

लिपुलेक सम्झौता खारेज गर्न चीनसँग राष्ट्रिय जनमोर्चाको आग्रह

काठमाडौं– राष्ट्रिय जनमोर्चाले भारतसँग भएको लिपुलेकसम्बन्धी सहमतिलाई अविलम्ब खारेज गरेर