प्रधानमन्त्री कप क्रिकेट : आर्मीको विजयी शुरुवात « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : आर्मीको विजयी शुरुवात


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लबले विजयी शुरुवात गरेको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ९७ रनले पराजित गरेको हो ।

आर्मीले दिएको २ सय ८८ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेशले मात्रै ४८ ओभरमा १ सय ९० रन बनाउन सक्यो ।

गण्डकीका लागि समीर कडेलले अर्धशतक प्रहमर गरे । उनले ९० बलमा ५ चौकाको मद्दतले ५० रन प्रहार गरेका हुन्। यस्तै गण्डकीका लागि अर्जुन कुमालले ३६ रन बनाए भने दिपक दुम्रेले २६ रन, विपिन खत्रीले ३९ रन बनाए।

गण्डकीलाई कम योगफलमा रोक्न राजेश पुलामि मगर र भिम सार्कीले उत्कृष्ट बलिङ गरे। जसमा राजेशले ४ विकेट लिए भने भिमले ३ विकेट लिए। यस्तै, आकाश चन्द र रोहित कुमार पौडेलले समान १/१ विकेट लिए।

यसअघि पहिलो ब्याटिङ गरेको आर्मीका लागि कप्तान विनोद भण्डारीले शतकिय इनिङ्स खेलेका थिए।
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान (टियू) मा खुलेका कप्तान भण्डारीले अविजित रहँदै ७६ बलको मद्दतमा ५ छक्का र ९ चौका प्रहार गर्दै १सय११ रन बनाएका थिए।

उनको उक्त शतकिय इनिङ्सको मद्दतले आर्मीले गण्डकीलाई २सय ८८ को विशाल लक्ष्य प्रस्तुत गरेको थियो।
आर्मीका लोकेश बमले ४२ रन बनाएका थिए।

यस्तै आर्मीका राजु रिजालले ४५ रन बनाएका थिए भने राजेश पुलामि मगरले ३८ रन, भिम सार्कीले १५, हरिकृष्ण झाले १४ रन बनाएका थिए।

आर्मीविरुद्ध विपिन खत्री र विशाल पौडेलले समान २/२ विकेट लिए भने दिपेश खत्री र चन्द्रकान्त पौडेलले १/१ विकेट लिएका थिए । प्रतियोगिताको उद्घाटन आज बिहान युवा तथा खेलकुद मन्त्री दाबा लामा तामाङले बलिङ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश कुमार सिलवालले ब्याटिङ गर्दै गरेका थिए।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ७ : ५४ बजे

सुकुम्बासी विस्थापन र प्रेसमाथि ‘नाकाबन्दी’विरुद्ध नेकपा (संयुक्त)को सडकमै पत्रकार सम्मेलन

काठमाडौं– नेकपा (संयुक्त)ले सुकुम्वासीहरूको अमानवीय विस्थापन र प्रेस क्षेत्रमाथि भइरहेको आर्थिक

पूर्णबहादुरसँग गगन-विश्वको एक घण्टा संवादपछि सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं- नेपाली कांग्रेसमा देखिएको विवादको निकास अझै ननिस्किएका बेला बुधबार

होर्मुजमा फ्रान्सेली कार्गो जहाजमाथि आक्रमण, चालक दलका केही सदस्य घाइते

तेहरान- मध्यपूर्वमा बढ्दो तनावबीच होर्मुज जलडमरूमा फ्रान्सेली कार्गो जहाजमाथि आक्रमण

बस्ती खाली गर्दा तीन विद्यालय भत्किए, विद्यार्थीको शिक्षा निरन्तरताका लागि स्थानान्तरण

काठमाडौं– काठमाडौं उपत्यकाका नदी किनारका अतिक्रमित तथा सुकुमवासी बस्ती हटाउने

इरानका विदेशमन्त्री बेइजिङ पुगे, मुख्य एजेन्डा : युद्धविराम र होर्मुज जलक्षेत्र

बेइजिङ- इरानका विदेशमन्त्री अब्बास अराघची चीनको राजधानी बेइजिङ पुगेका छन्