मुख्यमन्त्री गुरुङलाई सांसद मनाङ्गेले साथ नदिने  | Khabarhub Khabarhub

मुख्यमन्त्री गुरुङलाई सांसद मनाङ्गेले साथ नदिने 


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेकपा ओली समूहको सबैभन्दा बलियो मानिएको प्रदेश गण्डकीमा सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गेले साथ नदिने भएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई संकट परेको छ ।

स्वतन्त्रबाट निर्वाचित भएका मनाङले यसअघि नेकपालाई साथ दिँदै आएका थिए । तर पछिल्लो संकटको घडीमा आफूले स्वतन्त्र सांसद रहेको बताएपछि मुख्यमन्त्री गुरुङलाई धर्मसंकट परेको हो ।

मनाङेले ‘म स्वतन्त्र हुँ’ भनेपछि मुख्यमन्त्री गुरुङलाई सरकार टिकाउन बहुमत नपुग्ने भएको छ । मुख्यमन्त्री गुरुङले अहिलेसम्म दिपक मनाङेलाई समेत आफ्नै गणितमा राख्दै आएका थिए ।

मनाङेसहित २७ सांसद ओली पक्षमा र जनमोर्चाका ३ सांसदले समर्थन गर्दा ३० सांसद भई मुख्यमन्त्री गुरुङ ढुक्क रहँदै आएका थिए ।

मनाङेले नेकपा पार्टी प्रवेश गरेको कुनै पनि आधिकारिक सदस्यता रसिद आफूसँग नभएको बताएका छन् । उनले आफू सत्ता पक्षसँगको लहरमा बसेकै आधारमा ओली समूह भनिएको जिकिर गरेका छन् । मनाङेले आफू नेकपाको अर्को समूहमा पनि नरहेको स्पष्ट गरेका छन् ।

मनाङेले ‘दुई तिहाई बहुमत पुग्दा जिल्लामा बजेट पार्न र कार्यान्वयन गर्न सजिलो हुने भएकाले आफूले गण्डकी सरकारलाई समर्थन मात्र गरेको उल्लेख गरेका छन् । यद्यपि उनले समर्थन गर्ने दिन आयो भने जुन दलले आधिकारीक नेकपाको मान्यता पाउँछ त्यसैलाई समर्थन गर्ने बताएका छन् ।

६० सदस्य रहेको गण्डकी प्रदेशसभामा नेकपा प्रचण्ड–नेपाल समूहमा १३ जना, नेपाली कांग्रेसका १५ र जनता समाजवादी पार्टी जसपाका २ सांसद छन् ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ८ : ३९ बजे

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको