राष्ट्रपति भण्डारी र चिनियाँ राजदूतबीच भेटवार्ता « Khabarhub

राष्ट्रपति भण्डारी र चिनियाँ राजदूतबीच भेटवार्ता


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छिन् । उनले शुक्रबार साँझ ६ बजेदेखि ८ बजेसम्म शितल निवासमा राष्ट्रपतिसँग छलफल गरेकी हुन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई समूहले आ-आफ्ना गतिविधलाई तीव्रता दिइरहेका बेला राजदूत यान्छीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

भेटमा यान्छीले नेकपा विभाजन पछि उत्पन्न परिस्थितिबारे कुराकानी गरेको बुझिएको छ । नेकपा एकताको पक्षमा चीन रहेको सन्देश दिँदै आएकी उनले पार्टी एकताकै विषयमा राष्ट्रपति भण्डारीसँग छलफल गरेको स्रोतले जनाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा गरेसँगै नेकपाका दुई पक्षहरुले आ-आफ्ना राजनीतिक गतिविधिलाई तीव्रता दिँदै आएका छन् ।

ओलो समूहले भेला तथा प्रशिक्षणको कार्यक्रम गर्दै नेता तथा कार्यकर्तालाई चुनावको तयारीमा जुट्न निर्देशन दिँदै आएको छ भने  अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहले ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको बताउँदै सडक संघर्ष गर्दै आएको छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ९ : ३१ बजे

धनुषामा बिहान ८ बजेसम्म लागि कर्फ्यु खुकुलो

जनकपुरधाम– जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा बिहीबार जारी गरेको कर्फ्यु

पाकिस्तानी ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही बेपत्ता

काठमाडौं– प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा पाकिस्तानको ब्रोड पिक हिमालमा आएको

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सम्झौता, शहीद घोषणा प्रक्रिया अघि बढाइने

काठमाडौँ– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कमानागाछीमा यही साउन १० गते भएको

‘मास्टर्नी’ले फर्काउला त प्रियंकाको गुमेको क्रेज ?

काठमाडौँ – दशकको अवधिका एक–दुई नायक–नायिका प्राइममा रहन्छन् । नयाँ

देशभर मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल