चिसो बढेपछि विद्यालय बन्द | Khabarhub Khabarhub

चिसो बढेपछि विद्यालय बन्द


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- चिसो बढेपछि बागलुङको एउटा विद्यालय बन्द गरिएको छ ।

बागलुङको ढोरपाटन नगरपालिका– ५ अधिकारी चौरमा रहेको ज्योति विकास आधारभूत विद्यालय आगामी फागुनसम्मका लागि बन्द गरिएको हो ।

चिसोले बिहान बेलुका तुसारो पर्ने र दिउँसोमा सिरेठो चल्ने भएकाले ४५ दिनका लागि विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैले जानकारी दिए ।

‘हरेक हिउँदको चिसोमा हाम्रो विद्यालय ४५ दिन बन्द हुन्छ’, अदैले भने, ‘यो वर्ष फागुन २ गतेसम्मका लागि बन्द गरेका छौँ ।’

चिसोले पश्चिम बागलुङको ढोरपाटन सिकार आरक्ष क्षेत्रको जनजीवन कष्टकर छ । खोला तथा खोल्सा र धाराको पानी जम्न थालेपछि यहाँका स्थानीयलाई खानेपानीको समेत समस्या हुने गरेको अदैले बताए ।

ढोरपाटन शिकार अरक्षण क्षेत्रमा बस्ने स्थानीय घुम्ती बसाई सर्ने गरेका छन् । वर्षाका समयमा खेतीपाती, भेडा च्याङ्ग्रा तथा गाईभैँसी लिएर लेक गएका स्थानीय चिसोमा बेंसी झरेका छन् । उनीहरु ढोरपाटनकै वडा नं ८ र ९ को बोङ्गेदोभान, बोवाङ क्षेत्रमा झरेका हुन् ।

लेकमा रहेका घरगोठ र पशु चौपायको हेरचाहका लागि बसेकाको जनजीवन कष्टकर रहेको नगरप्रमुख देवकुमार नेपाली बताउँछन् ।

पानी नपरेकाले यसपाली ढोरपाटन क्षेत्रमा अहिलेसम्म हिमपात भएको छैन । तुसारो र सिरेठोले बिहान र बेलुकी कठिन बनाउने गरेको छ ।

बिहानको तुसारोले खोला र धाराको पानी जम्ने गरेको प्रधानाध्यापक अदै बताउँछन् । बागलुङ र म्याग्दीको सीमाक्षेत्रमा बग्ने गुरघार खोला बिहानको समयमा जमेर सिसा जस्तो बन्ने गरेको छ । जमेको खोलामा तस्बिर खिचाउन तस्वीरका पारखी खोला छेउ पुग्ने गरेका छन् ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  १ : ३० बजे

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको