अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली « Khabarhub

अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– न्यूनचापीय प्रणालीको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ ।

जल तथ मौसम विज्ञान विभागका अनुसार बङ्गलादेश र आसपासमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ का केही स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको छ ।

उक्त प्रणालीको प्रभावले अझै केही देशका अधिकांश भूभागमा हुस्सु तथा तुवाँलो लाग्ने बताइएको छ । हाल देशको प्रदेश नं १ का पहाडी भूभागमा सामान्य तथा आंशिक बदली रहेको छ । साथै देशका तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । दिउँसो प्रदेश नं २, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.० डिग्री र अधिकतम तापक्रम १९.८ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ३.४ डिग्री रहेको छ ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ३ : १५ बजे

टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ

काठमाडौं– विशेष अदालतले नेपाल टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा कम्पनीका तत्कालीन

सेवानिवृत्त मुख्य सचिव अर्यालको बिदाइ, कार्कीलाई स्वागत

काठमाडौं– सेवानिवृत्त मुख्य सचिव सुमनराज अर्याललाई बिदाइ तथा नवनियुक्त मुख्य

‘पदका लागि आफ्नै ससुरासँग भिड्नेले कांग्रेस मिलाउन सक्दैन, नयाँ पार्टीमा चौकिदार हुन्छु’

काठमाडौं- पछिल्लो समय पूर्वसभापति शेरबहादुर देउवा पक्षमा लागेर सम्पर्क कार्यालय

प्रतिनिधिसभाबाट चार विधेयकमा राष्ट्रियसभाका संशोधन स्वीकृत

काठमाडौं- प्रतिनिधिसभाले विभिन्न चार विधेयकमा राष्ट्रियसभाबाट भएका संशोधनलाई स्वीकृत गरेको छ।

काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिलाको मृत्यु 

काठमाडौं– काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिलाको शव फेला परेको छ