ओलीले प्रचण्डलाई भने– सूर्य चिन्ह चाहिन्छ भने बैठकमा आउनुहोस् (भिडियोसहित) « Khabarhub

ओलीले प्रचण्डलाई भने– सूर्य चिन्ह चाहिन्छ भने बैठकमा आउनुहोस् (भिडियोसहित)


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य चिन्ह कसैको नभइ आफ्नो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनाव चिन्ह रहेको बताएका छन् ।

आज काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव चिन्हको विषयमा कुनै छलफल नै नहुने बताए ।

ओलीले भने, ‘मेरो समन्वयमा महासचिवले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाउनुभएको थियो । तर हाम्रा केही केन्द्रीय सदस्य बैठकमा सहभागी हुनु भएन । पछि बुझे उहाँहरु त सूर्य चिन्ह हाम्रो भन्दै निर्वाचन आयोग पो जानुभएछ ।’

हेरौँ भिडियो

एक पटक पनि सूर्य चिन्हमा चुनावमा नलड्ने व्यक्तिले चुनाव चिन्ह दाबी गर्नु हास्यास्पद भएको बताए । उनले अझै पनि केही नबिग्रिएको बताउँदै सूर्य चिन्ह चाहिने भए पार्टीको बैठकमा आउनुपर्ने बताए । उनले निर्वाचन आयोगमा गएर चुनाव चिन्ह नपाइने बताए ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ३ : ५६ बजे

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको