भारतको भ्रमण पूरा गरी परराष्ट्र मन्त्री ज्ञवाली स्वदेश फिर्ता | Khabarhub Khabarhub

भारतको भ्रमण पूरा गरी परराष्ट्र मन्त्री ज्ञवाली स्वदेश फिर्ता


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्नो भारत भ्रमण दुई देशीय सम्बन्ध थप मजवुद बनाउन केन्द्रित भएको बताएका छन ।

तीन दिने भारत भ्रमण सेकर शनिबार अपरान्ह नेपाल फर्किएका मन्त्री ज्ञवालीले त्रिभुवन बिमानस्थलमा पत्रकार सम्मेलन गर्दै नेपाल-भारत सम्बन्तधका आर्थिक, राजनीतिक सांस्कृतिक लगायतका पक्षमा छलफल भएको र दुई देशीय सम्बन्धलाई मजबुद बनाउन तथा विकास यात्रालाई सफल बनाउने विषयमा भ्रमण केन्द्रित रहेको बताए ।

मन्त्री ज्ञवालीले कोरोनाका कारण बन्द हवाइ तथा स्थलमार्ग क्रमशः खोल्दै जाने सहमति भएको बताए ।

भैरहवामा एकीकृत चेकपोस्टको काम सुरु गर्ने र महाकालीमा निर्माणाधीन चार लेनको पुललाई भारतको राष्ट्रिय राजमार्गसँग जोड्ने, महाकाली नदीमा थप तीनवटा पुल बनाउने सहमति भएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

त्यस्तै उनले अतिआवश्यक क्षेत्रका लागि भारत तत्काल कोभिड खोप उपलब्ध गराउन तयार रहेको जानकारी दिए ।

संयुक्त आयोगको बैठकमा ट्रान्समिसन लाइन, कृषि क्षेत्रमा थप सहकार्य गर्ने, पञ्चेश्वर परियोजनाको डीपीआर गर्ने लगायतका विषयमा सहमति भएको उनले बताए ।

यसैगरी रक्सोल–काठमाडौँ रेलमार्ग निर्माणसम्बन्धी फिल्ड लोकेसन सर्भ अगाडि बढाउने पनि सहमति भएको जानकारी दिए । नेपाल-भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री ज्ञवाली बिहीबार भारत गएका थिए ।

 

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ६ : ०१ बजे

अरनिको राजमार्ग : धुलिखेल–खावा सडकखण्डको ठेक्का रद्द

काभ्रे– सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल–खावा

युरोपेली नेसन्स लिग : इंग्ल्यान्डसँग विश्व च्याम्पियन स्पेन पराजित

काठमाडौं – विश्व च्याम्पियन स्पेनको महिला राष्ट्रिय फुटबल टोलीले पराजयको

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं– नेपाल माइक्रो इन्स्योरेन्सले सर्वसाधारणका लागि खुला गरेको आईपीओमा आवेदन

युरोपियन युनियनबाट आउने सामानमा २५ प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपियन युनियन (ईयू)बाट आउने

पोखरामा आजदेखि ‘नेपाल लिटरेचर फेस्टिभल’ हुँदै

पोखरा– पर्यटकीय राजधानी पोखरामा आजदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल