योगेश भट्टराईलाई ओलीको कटाक्ष : ‘बैगुनी पुक्क लात्ति हानेर भाग्यो’ « Khabarhub

योगेश भट्टराईलाई ओलीको कटाक्ष : ‘बैगुनी पुक्क लात्ति हानेर भाग्यो’


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले केटाकेटीलाई मन्त्री बनाउँदा ‘लात्ताले हानेर’ भागेको भन्दै पूर्व मन्त्री योगेश भट्टराईप्रति कटाक्ष गरेका छन् ।

नेकपा स्थायी कमिटी सदस्य तथा पूर्व पर्यटनमन्त्री भट्टराईप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले मन्त्री बनाएपछि ‘लात्ताले हानेर’ भागेको कटाक्ष गरेका हुन।
प्रदेश नम्बर १ को सम्पर्क कमिटीको भेलामा उनले भने, ‘बैगुनी केटाकेटीको बारेमा कुरा गर्न चाहान्न । हाम्रै प्रदेशमा पनि त्यस्तो देखिएको छ । दौडी दौडी गएर भोट मागियो, यो केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाइदिन्छु भनियो, मन्त्री पनि बनाइयो । पुक्क लात्ताले हानेर भाग्यो, को भनेर हेरेको त उही केटो रैछ ।’

ओलीले आफू त्यस्ता कुरामा नअल्झिने बताउँदै पार्टीमा युवाहरुको कमी नभएको बताए ।

पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि भट्टराई लगायत दाहाल–नेपाल समूहका ७ मन्त्रीले सामुहिक राजीनामा दिएका थिए ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ५ : २६ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको