पीएम कप क्रिकेट : प्रदेश १ लाई हराउँदै एपीएफको विजयी सुरुवात « Khabarhub

पीएम कप क्रिकेट : प्रदेश १ लाई हराउँदै एपीएफको विजयी सुरुवात


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभागीय टोली एपीएफले काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

शनिबार भएको खेलमा प्रदेश १ लाई एक ३५ रनले हराउँदै एपीएफले प्रतियोगितामा विजयी सुरुवात गरेको हो।

एपीएफले दिएको २ सय ४४ रनको लक्ष्य पछ्याएको प्रदेश १ ४२.४ ओभरमा अलआउट हुँदै १ सय ८ रन मात्रै बनायो।

उसका लागि ओपनर मिनाश थापाले ४४ बलमा २ चौकासहित सर्वाधिक १८ रन बनाए। यस्तै, फिर्दोस अन्सारी १७, दीपेश कँडेलले १६ दीपक पासवानले १३ र जोशक खड्काले अविजित १२ रनको योगदान दिए।

प्रदेश १ लाई सस्तैमा समेट्नेक्रममा एपीएफका अभिनाश बोहराले घातक बलिङ गरे। उनले १० ओभरमा ६ मेडन राख्दै १८ रन खर्चेर पाँच विकेट लिए।

यस्तै, वसन्त रेग्मीले १० ओभरमा ३ मेडन राख्दै १३ रन खर्चेर दुई विकेट लिँदा किशोर महतो र कप्तान शरद भेषावकरले एक–एक विकेट झारे।

यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले ४८.४ ओभरमा सबै विकेट गुमाउँदै २ सय ४३ रन बनाएको थियो।

उसका लागि ओपनर आसिफ शेखले ३२ बलमा ५ छक्का र ६ चौका प्रहार सर्वाधिक ५९ रन बनाए।

यस्तै, वसन्त रेग्मीले ४०, सन्दीप जोराले ३०, कप्तान शरद भेषावकरले २०, सुवास खकुरेल र किशोर महतोले १९–१९ रन बनाउँदा सुमित महर्जनले १४ र अभिनास बोहरा ६ रन बनाएका थिए ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ६ : २४ बजे

कुनै दललाई नचिढ्याउने पक्षमा रास्वपा

काठमाडौं– अबको एक हप्तापछि देशमा नयाँ सरकार बनाउने कसरत चलिरहेको

‘लालीबजार’ गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक

काठमाडौं – नायिका स्वस्तिमा खड्का स्टारर फिल्म ‘लालीबजार’को पहिलो गीत

धुलिखेल–खावा सडक : चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

काभ्रे- अरनिको राजमार्गअन्तर्गत काभ्रेस्थित धुलिखेल–खावा सडक खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएका

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर– कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१०

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ