ओलीले निर्वाचन नगराउने नेता कोइरालाको दाबी | Khabarhub Khabarhub

ओलीले निर्वाचन नगराउने नेता कोइरालाको दाबी


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी ओलीले निर्वाचन गराउनेमा आफूलाई विश्वास नलागेको बताएका छन् ।

नेकपा दुई चिरामा परेको निर्वाचन आयोगबाट वैधानिकता अझै नपाएको भन्दै महामन्त्री डा. कोइरालाले ओलीले निर्वाचन नगर्ने दाबी गरे ।

नेपाली कांग्रेस देवचुली नगरपालिकाको आयोजनामा शनिवार दुम्कौलीस्थित सिजी गेटमा आयोजित विरोध कार्यक्रममा बोल्दै कांग्रेस कोइरालाले संविधानलाई सहि बाटोमा ल्याउन पनि प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्नेमा जोड दिए ।

‘प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले संविधान नै च्यातेका छन्’, उनले भने, ‘संविधानको रक्षा गर्न पनि काङ्ग्रेस सडकमा आउनु परेको छ ।’

सत्तरी वर्षको संघर्षपछि बनेको संविधानलाई ओलीले च्यातेको उनले आरोप लगाए ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ९ : १० बजे

रास्वपा र उपसभामुख रानामाथि योगेशका प्रश्नै प्रश्न

काठमाडौं – सत्तारूढ एमालेका सांसद योगेश भट्टराईले उपसभामुख इन्दिरा रानामगर

पर्सामा धान उत्पादन २० प्रतिशतले घट्ने अनुमान

पर्सा – पर्सामा सुक्खाग्रस्त समस्याको कारणले यस वर्ष धान उत्पादनमा

लिपुलेकमा भारत-चीन मिलेपछि नेपालका सत्ता र प्रतिपक्ष पनि एकमुख 

काठमाडौं– संघीय संसद्का प्रमुख राजनीतिक दलहरू नेपाली भूमि लिपुलेकलाई भारत

एम्बुलेन्स सेवाका लागि देशभर एउटै नम्बर ‘१०२’

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई एकीकृत