देशलाई अध्याँरो भड्खालोमा हालेको हेर्न सकिँदैन, बरु मर्न तयार झुक्दैनौँ : प्रचण्ड (भिडियोसहित) | Khabarhub Khabarhub

देशलाई अध्याँरो भड्खालोमा हालेको हेर्न सकिँदैन, बरु मर्न तयार झुक्दैनौँ : प्रचण्ड (भिडियोसहित)

हामी हाँसी मजाक गर्ने मुडका छैनौँ, चिन्तित छौँ


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई खेमाले आफूसँग नजिक रहेका भ्रातृ स‌ंगठन र कार्यकर्तासँग भेटवार्ता र समूहगत कार्यक्रमलाई तीव्रता दिइरहेका छन् ।

यही क्रममा दुवै समूहले एकले अर्कोको आलोचना गर्दै आफू आधिकारिक भएको दाबी गर्दै आएका छन् । विभिन्न स्थानमा हुने कार्यक्रम पनि दुई समूहले आफू इत्तरको समूहका नेतालाई गाली गर्ने र कमिकमजोरी देखाउनेमै कार्यक्रम केन्द्रित भइरहेका छन् ।

यस्ता सतही आलोचना र गालीगलौजले क्षणिक आनन्द हुने भएपनि देश विकासको आश्वासन लिएर जनप्रतिनिधि बनेका नेताले जिम्मेवारी झुलेको आरोप जनताले नै गर्न थालेका छन् ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पनि दुईबीचको सवालजवाफमै कार्यक्रम बिताउने गरेका छन् । यसैबीच प्रचण्डले प्रधानमन्त्री ओलीलाई जवाफ फर्काएका छन्। प्रधानमन्त्री ओलीले शनिबार जनताको ओठमा हाँसो देख्दा प्रचण्डलाई दुःखेको बताएका थिए।

हेरौँ भिडियो

‘उहाँहरूले देश बर्बाद पार्न खोज्दा मैले दिइनँ। उहाँहरूलाई त्यही चिन्ता भएको हो। म देशको मुहारमा मुस्कान ल्याउन चाहन्छु’ उनले भनेका थिए, ‘म हसाउँदै हिँड्छु। तर, मान्छे मार्दै हिँड्न सक्दिनँ।’

‘मान्छे मारेर, कुटेर लुटेर, जनतालाई रुवाएको आरोप लगाएका थिए। मैले मान्छे हासे भनेर जोकर नै रहेछ भनेछन्। जनता हासेको देखेर किन पीर परेको होला?’ उनले भनेका थिए। तर, आइतबार त्यसको जवाफ फर्काउँदै प्रचण्डले आफ्नो अभिभावक मरेको र देश अशान्त भएको बेलामा खुसी मनाउन नसक्ने बताएका छन्।

‘हामी हाँसीमजाक गर्ने मुडका छैनौँ। चिन्तित छौँ। परिवारको अभिभावनको मरेको बेलामा हामी खुसी मनाउँदैनौँ’ उनले भने, ‘परिवारमा बाआमा बरेको बेलाको बेलामा कसैले खुसी मनाउँदैन।’

उनले यो सामान्य परिस्थिति नभएको बताउँदै अब गर्जिनुपर्ने बेला आएको बताए ।

‘तपाइँहरु जुझारु र आक्रमक ढंगले जाने कार्यक्रमहरु बनाउनुस्, हामी अन्तिम अवस्थासम्म पनि नेतृत्व गर्न तयार छौँ, देशलाई अध्याँरो भड्खालोमा हालेको हेर्न सकिँदैन’, उनले भने ‘हिजो पनि मर्न हिँडेको हो जरुरी पर्छ भने मर्न तयार तर झुक्न चाहि तयार छैनौँ ।’

ओलीले संविधानमा प्रहार गर्नु भनेको उल्टो खोपडी रहेको रहेको दाबी गरे। ओलीको चरित्र जोकरले देखाउने चरित्र मात्रै रहेको जिकिर गरे।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  २ : ५९ बजे

भारतले पनि गर्‍यो पाकिस्तानबीच युद्धविरामको पुष्टि

काठमाडौं– पाकिस्तानसँग युद्धविराम गर्न सहमत भएको भारतीय पक्षले पनि पुष्टि

तटस्थ स्थानमा वार्ता गर्न भारत र पाकिस्तान तयार : विदेशमन्त्री रुबियो

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले तटस्थ स्थानमा वार्ता गर्न भारत र

भारत र पाकिस्तान युद्धविराम गर्न तयार भएको पाकिस्तानी विदेशमन्त्रीद्वारा पुष्टि

काठमाडौं– भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएको पाकिस्तानका विदेशमन्त्री

भ्रष्टाचार न्यूनीकरण गर्न निरन्तर लागिरहेका छौँ : मुख्यमन्त्री पाण्डे

लेखनाथ– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भ्रष्टाचार न्यूनीकरणका लागि निरन्तर

‘धार्मिक पर्यटन प्रवर्द्धनमा बद्रीनारायणधामको भूमिका महत्त्वपूर्ण’

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले धार्मिक पर्यटन प्रवर्द्धनमा