‘द भ्वाइस अफ नेपाल सिजन ३’ लाई समय दिन सकिनँ: आस्था राउत | Khabarhub Khabarhub

‘द भ्वाइस अफ नेपाल सिजन ३’ लाई समय दिन सकिनँ: आस्था राउत


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत हप्ता रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ का निर्णायकहरु घोषणा गरियो । यसअघिको सिजनमा गायिका आस्था राउत निर्णायकका रुपमा थिइन् ।

सिजन ३ मा भने उनको सट्टा तृष्णा गुरुङलाई निर्णायक बनाइएको छ । गायिका राउत विवादमा आएका कारण उनलाई हटाइएको आँकलन गरिएको छ ।

गतवर्षको ‘द भ्वाइस अफ नेपाल’ मा आस्थाको निर्णायक भूमिकालाई रुचाइएको थियो । यसपटक भने टिमले आस्थालाई शोमा निर्णायक बनाएको छैन ।

पुरुष निर्णायकहरु दीप श्रेष्ठ, राजु लामा र प्रमोद खरेल भने यथावत् नै छन् ।

यता गायिका राउतले भने द भ्वाइस अफ नेपालको सिजन ३ मा आफूले समय दिन नपाएकाले छाड्नुपरेको बताएकी छिन् । अरु सिजनमा भने आफू जोडिन सक्ने पनि उनले स्पष्ट पारेकी छिन् ।

खबरहबसँगको कुराकानीमा गायिका राउतले भनिन् – द भ्वाइस अफ नेपालका लागि समय दिन नसकेको चाहिँ हो । केही समय म व्यस्त बनेँ । कार्यक्रममा सिलसिलामा व्यस्तता झनै बढ्यो ।

उनी कार्यक्रमका लागि काठमाडौंबाहिर जान लागेको पनि बताइन् । स्टेज कार्यक्रम र नयाँ गीतको तयारीमा लागेको कारण आफूले ‘द भ्वाइस अफ नेपाल सिजन ३’ का लागि समय दिन नसकेको उनले बताइन् ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  २ : ५६ बजे

मन्त्रालयले सातै प्रदेशमा पठायो रेबिजविरुद्धको ५१ हजार भायल खोप, सर्पदंशको औषधि पनि आपूर्ति

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले देशका सातै

लोडसेडिङको हल्ला चलेपछि आफैं चितवन पुगे हितेन्द्रदेव

काठमाडौं- चितवनको चनौली वितरण केन्द्रमा देखिएको समस्या छिटो समाधानका लागि

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी

जोर्डन र यूएईले गाजा क्षेत्रमा जहाजबाट खसाले २५ टन राहत

गाजाक्षेत्र- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गाजा क्षेत्रमा कुपोषण ‘खतरनाकस्तर’

रसुवा बाढीको क्षतिमा ८४ करोड बढीको बीमा दाबी

काठमाडौं– गत असार २३ गते रसुवामा आएको बाढीबाट क्षति भएको