आजको बहसमा प्रधानन्यायाधीश र वकिलहरुबीच यस्ता रहे सवाल–जवाफ | Khabarhub Khabarhub

आजको बहसमा प्रधानन्यायाधीश र वकिलहरुबीच यस्ता रहे सवाल–जवाफ


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका रिटहरूमाथि सुनुवाइका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा र वकिलहरुबीच रोचक सवाल–जवाफ भएका छन् ।

आजको बहसका क्रममा प्रधानन्यायाधीश राणाले संविधानअनुसार प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न किन सक्दैन भनी वरिष्ठ अधिवक्ताहरूलाई प्रश्न गरेका थिए ।

संविधानको धारा ७६ को उपधारा २ अनुसार बनेका प्रधानमन्त्रीले अर्को सरकार बन्ने संभावना नभएको अवस्थामा प्रतिनिधिसभा विघटन गर्न सक्दैन र ? भन्दै रिट निवेदकका तर्फबाट बहस गर्न संवैधानिक इजलासमा पुगेका संवैधानिक कानुनका ज्ञाता डा. भीमार्जुन आचार्यलाई प्रधानन्यायाधीश राणाले प्रश्न गरेका थिए।

प्रधानन्याधीश राणाको यस्तो प्रश्नपछि संविधानविद् आचार्यले संविधानअनुसार अर्को सरकार बन्न नसक्ने भन्ने कुरा काल्पनिक मात्र भएको प्रत्युत्तर दिए। उन्ले भने –‘यो काल्पनिक कुरा हो। अदालतले यो कल्पना पनि गर्न मिल्दैन। संविधानमा लेखेका प्रक्रिया पूरा गरेर मात्र विघटनमा जाने हो।

संविधानको धारा ७६ को उपधारा १ देखि ७ सम्मका प्रक्रिया पूरा हुनु त पर्‍यो नि ! अदालतले यस्तो विषयको कल्पनासम्म गर्न नसक्ने भन्दै अधिवक्ता आचार्यले भने, ‘अन्तिम अवस्थासम्मसम्म संसद्ले आफ्नो काम गर्नुपर्‍यो। संविधानको धारा ७६ ले सिधै विघटन गर्न दिँदैन। यो धारा र उपधारासहितका सबै प्रक्रिया पूरा गरेर संसदमा गएपछि मात्र हुने कुरा हो।’

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ५ : ३० बजे

मुस्लिम समुदायलाई संवैधानिक अधिकार दिने माओवादी आन्दोलन हो : प्रचण्ड 

हरिनगर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राज्यबाट अपहेलित

कांग्रेसका त्रिनेता, शहरका अब्बल ‘इभेन्ट अर्गनाइजर’

नेपाली कांग्रेसको १४ औं महाधिवेशनले सभापतिमा शेरबहादुर देउवालाई निर्वाचित गरायो

कुलमानले ऊर्जामन्त्रीलाई बुझाए २४ घण्टे स्पष्टीकरणको जवाफ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत

मलद्वारमा राखेर ल्याइयो चार किलो सुन, तीनजना भरिया र मालिकसमेत पक्राउ

काठमाडौं- प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो अवैध सुनसहित

नेप्से अपडेट : परिसूचक २८०० विन्दुमाथि 

काठमाडौं–मौद्रिक नीतिको समीक्षापछि खुलेको शेयर बजारमा उछाल छाएको छ ।