सामाजिक सञ्जालमार्फत ९ जनासँग एक करोड बढी ठगी गरेको आरोपमा २ पक्राउ  | Khabarhub Khabarhub

सामाजिक सञ्जालमार्फत ९ जनासँग एक करोड बढी ठगी गरेको आरोपमा २ पक्राउ 


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरुसँग १ करोड बढी ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

आइतबार महानगरीय प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन गर्दै फेसबुक र ह्वाट्सएपबाट ठगी गरेको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्सा जिल्ला पकाहामैनपुरका प्रमोद साह र पर्सा जिल्ला बहुदरमाइका मेवालाल साह रहेका छन् ।

पत्रकार सम्मेलनमा प्रहरी परिसर लतिपुरकी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक किरण बज्राचार्यले ठगी गर्ने गिरोह धेरै ठूलो हुनसक्ने प्रारम्भिक अध्यनबाट देखिएको बताइन्।

उनले ठगी गर्नेको पहुँच धेरै देशमा फैलिएको हुन सक्ने भन्दै अब साइबर ब्यूरो र इन्टरपोलसँग सहकार्य गर्दै थप अनुसन्धानका काम अगाडि बढाउने बताइन्।

उनले पक्राउ परेका व्यक्तिको गिरोहले ९ जना व्यक्तिसँग एक करोड बढी ठगी गरेको अनुसन्धानमा खुलेको बताइन्।

सामाजिक सञ्जालबाट ठगी गर्दै आइरहेको गिरोहले फेसबुक र ह्वाट्स एपमा कम्प्युटर, मोवाइल, घडी, ल्यापटप, क्यामेरा लगायत विभिन्न ईलोक्ट्रोनिक सामानहरु बजार मूल्यभन्दा सस्तोमा डेलिभरी गर्दिने भन्दै विज्ञापन राख्दै आएको थियो।

उक्त विज्ञापनका आधारमा सर्वसाधारणहरुलाई आर्थिक प्रलोभन देखाउने र सम्पर्कमा आएका खरिदकर्तालाई पैसा डिपोजिट गर्न लगाउने तर सामान नदिइ ठगी गर्ने गरेका थिए।

पक्राउ परेकाहरुलाई जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  १० : ०३ बजे

आम जनता पार्टीले वैशाख २० मा भन्सार विभाग घेराउ गर्ने

काठमाडौं– आम जनता पार्टी (आजपा)को काठमाडौं उपत्यका विशेष कमिटीको बैठक

पाकिस्तानमा भारी वर्षाका कारण १४३ जनाको मृत्यु

पाकिस्ता– पाकिस्तानमा अप्रिल महिनामा चट्याङ र अन्य आँधीबेहरीजन्य घटनामा परी

भारतमा काम लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ 

हेटौंडा– भारतमा काम लगाइने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक

लगानी सम्मेलनको फाइदा जमिनदार र बैंकलाई !

काठमाडौं- सरकारले आयोजना गरेको ‘नेपाल इन्भेष्टमेन्ट समिट (लगानी सम्मेलन) सोमबार

आर्थिक खबर : शेयरमा सकारात्मक सर्किट

काठमाडौं– मंगलबार कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ