कुवेतले नेपालबाट नयाँ घरेलु कामदार लैजाने | Khabarhub Khabarhub

कुवेतले नेपालबाट नयाँ घरेलु कामदार लैजाने


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दोहा– कुवेतले नेपालसहित पाँच देशबाट घरेलु कामदार लैजाने भएको छ । नयाँ घरेलु कामदारहरूको लागि आजदेखि प्रक्रिया सुरु हुने जनाएको छ ।

श्रम कम्पनीहरूले आन्तरिक मन्त्रालय मार्फत घरेलु कामदारहरूको भिसाका लागि आवेदन दिनसक्ने मन्त्रालयले जनाएको छ ।

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट वाणिज्यिक उडान पुनः सुरु गर्ने सर्वोच्च समितिले गरेको निर्णयको आधारमा नेपालसहित फिलिपिन्स, भारत, श्रीलंका र बंगलादेशबाट प्रत्यक्ष उडानबाट पाँच देशबाट मात्र घरेलु कामदारहरू ल्याउन अनुमति दिइनेछ। ।

घरेलु कामदारहरूको लागि देश अनुसार प्रक्रिया फरक फरक हुने भएका करण नयाँ कामदार ल्याउन समय लाग्ने हुन्छ, सबैभन्दा गाह्रो प्रक्रिया फिलिपिन्सको हो जहाँ घरेलु कामदारले सामान्यतया दुईदेखि तीन महिनासम्म सरकारी प्रक्रिया समाप्त गर्ने अपेक्षा गरिएको मन्त्रालयलाई उदृत गर्दै अरब टाइमम्सले जनाएको छ ।

श्रीलंकाबाट घरेलु कामदार ल्याउन चाडो हुने जनाउदै २८ जनवरी भित्रमा श्रीलंकाबाट पहिलो उडानमार्फत नयाँ घरेलु कामदारहरू आउने आशा गरिएको छ । यस्तै नेपाल र बंगलादेशबाट पनि नयाँ कामदार ल्याउने प्रक्रिया सहज हुने भएकोले चाडै कामदार लैजाने कुवेत सरकारको तयारी रहेको छ ।

प्रायोजकद्वारा कुवेत यात्रा गर्न र एयरलाइन टिकट, संस्थागत क्वारेन्टाइन र आवश्यक भुक्तानी गर्न नयाँ वा फर्केका घरेलु कामदारहरूलाई बाल्सामा अनुप्रयोगमा दर्ता गर्न आवश्यक रहेको समेत मन्त्रालयले जनाएको छ ।

कुवेतले हाल नेपालसहित ३५ देशहरूमा सिधा उडानमा प्रतिबन्ध लगाएको छ, यो प्रतिबन्ध सूची केही अवधिको लागि जारी रहने जनाइएको छ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  १० : ३६ बजे

अझै गति बढाएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले हालसम्मको कार्यप्रगति सन्तोषजनक नभएकाले अझै गति

कास्की कारागारका १९८ कैदीबन्दी अझै फरार

कास्की– जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ गते कास्की कारागारबाट भागेकामध्ये

मतदाता नामावली दर्ता पाँच दिन थप, मंसिर ५ सम्म दर्ता गर्ने व्यवस्था

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीको आग्रहपछि निर्वाचन आयोगले मतदाता नामावली दर्ताका

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आआफ्नो सम्पत्ति विवरण

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसहित १० जना मन्त्रीले आआफ्नो सम्पत्ति विवरण

प्रधानमन्त्रीसहित १० जना मन्त्रीले बुझाए सम्पत्ति विवरण

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीसहित १० जना मन्त्रीले आआफ्नो सम्पत्ति विवरण