नेपालमा पनि कोरोनाको नयाँ प्रकार भित्रिएको पुष्टी « Khabarhub

नेपालमा पनि कोरोनाको नयाँ प्रकार भित्रिएको पुष्टी

बेलायतबाट आएका तीन जनामा देखियो संक्रमण


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पनि कोरोना भाइरसको नयाँ प्रकार भित्रिएको पुष्टि भएको छ ।

बेलायतबाट पुस पहिलो साता आएका ६ जनामध्ये तीन जनामा नयाँ प्रकारको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पुस पहिलो साता बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण भएको १३ पुसमा पुष्टि भएकोमा त्यसमध्ये ३ जनामा नयाँ प्रकारको संक्रमण भएको पाइएको हो ।

२७ पुसमा उनीहरुको नमूना हङकङ प्रयोगशालामा पठाइएकोमा उनीहरूमा नयाँ प्रकारको कोरोना भएको पुष्टि स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संक्रमित हुनेमा २८ वर्षीया महिला, ३२ र ६७ वर्षीय पुरुष छन् ।

पहिलोपटक बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरस ५० वटा देश र क्षेत्रहरूमा फैलिसकेको छ ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  २ : ०५ बजे

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश

राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’

जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा

बागमतीका मुख्यमन्त्री किरण थापा मगरले पाए विश्वासको मत

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट