एन्फाको १९ औँ वार्षिक साधारण सभा सुरू | Khabarhub Khabarhub

एन्फाको १९ औँ वार्षिक साधारण सभा सुरू


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अखिल नेपाल फुटबल संघ(एन्फा)को १९ औँ वार्षिक साधारण सभा सुरु भएको छ। मंगलबार ललितपुरस्थित एक होटलमा एन्फाको वार्षिक साधारण सभा सुरु भएको हो।

युवा तथा खेलकुद मन्त्री दाबा लामा तामाङ, खेलकुद मन्त्रालय सचिव रामप्रसाद थपलिया, राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश कुमार सिलवाल, राखेप बोर्ड सदस्य तथा एन्फाका जिल्लादेखि केन्द्रका पदाधिकारीहरु सहभागि कार्यक्रमको उद्घाटन सत्रमा बोल्ने अतिथिहरुले एन्फाले नेपाली फुटबल विकासमा खेल्नु पर्ने भूमिका र अहिलेको अवस्थाबारे चर्चा गरे।

कार्यक्रमका सभापति रहेका एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफ्नो कार्यकालमा भएका उपलब्धि सार्वजनिक गरे।

जसमा एन्फाले बनाएको आर्थिक कार्यविधि, कर्मचारी नियमावली लगायतका प्रशासनिक कुरामा सुधार, प्रतियोगिता भइरहेको, ग्रासरुटमा पाएको सफलताले आफ्नो दुई वर्षे कार्यकाल सफलता उन्मुख भएको दाबी गरे।

यद्यपि उनले आफ्नो योजना अनुसार काम हुन नसकेको स्पष्ट पारेका छन्। विभिन्न पाँच बुँदाका रुपमा चर्चा गरेका उनले पार्दशितालाई धेरै जोर दिए।

तर, पछिल्लो समय उनीमाथि उनकै कार्यसमिति पदाधिकारीले नेतृत्व आफू खुसी निर्णय गरिरहेको, आफुलाई पाएक पर्ने गरि निर्णय गर्ने गरेको जस्ता आरोप लाउने गरेका छन्।

यता, राखेप सदस्य सचिव सिलवालले नेपाली फुटबल विकासमा एन्फा अगाडि बढेको र त्यसमा आफ्नो साथ रहेको स्पष्ट पारेका छन्। उनले पछिल्लो समय नेपमली फुटबल प्रतियोगिता बढ्नुमा राखेपको पनि सक्रियता र चाँसो रहेको बताएका छन्।

उनले राखेप र एन्फाबीच कुनै किसिमको विवाद नरहेको र आफू एन्फासँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताएका छन्।

पूर्व युवा तथा खेलुद मन्त्री पुरुषोत्तम पौडेलले एन्फाले फुटबल विकासमा भूमिका खेल्न सक्ने बताएका छन्। उनले १२ औँ सागको प्रशंग अगाडि सार्दै भने,`खेलकुदले राष्ट्रिय एकतामा ठूलो भूमिका खेल्छ। १२ औँ सागमा नेपालले भारतलाई पराजित गर्दै स्वर्ण जित्दा नेपालमा नाकाबन्दी चलिरहेको थियो। त्यहीँबेला नेपालले जितेको स्वर्णलाई मानिसहरुले गौरवका साथ मनाएका थिए।´

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  २ : ३५ बजे

ओलीले बोल्ने समय नदिएपछि कर्ण थापाले आपत्ति जनाए

काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा बोल्न नदिएपछि स्थायी

सहमतिमा यौन सम्बन्ध राखेर ‘हनी ट्रयाप’ थापेकी महिला पक्राउ

सुर्खेत – एक जना पुरुषलाई ‘हनी ट्रयाप’मा पार्ने युवतीलाई प्रहरीले

एमाले केन्द्रीय कमिटी बैठक : १८० जनाले राखे धारणा, विधान संशोधनमा २६४ सवाल सङ्कलन

काठमाडौँ – सत्तारुढ नेकपा (एमाले)को जारी नवौँ केन्द्रीय कमिटी बैठकमा

नयाँ पुस्ताको लडाकु विमानलाई चाहिने इन्जिन बनाउन भारतले फ्रान्ससँग सहकार्य गर्ने

काठमाडौं– भारतको रक्षा मन्त्रालयले नयाँ पुस्ताको लडाकु विमानको इन्जिन निर्माणका

‘स्वतन्त्र व्यापार सम्झौताले भारत र बेलायत दुबै मुलुक लाभान्वित’

काठमाडौं– दक्षिण एशियाका लागि बेलायतकी व्यापार उपायुक्त एन्ना शोटबोल्टले भारत