ओलीलाई चुनौती दिँदै प्रचण्डले भने : युद्धको कमाण्डर हुँ, कठोर बने भित्तामा पुर्‍याउँछु | Khabarhub Khabarhub

ओलीलाई चुनौती दिँदै प्रचण्डले भने : युद्धको कमाण्डर हुँ, कठोर बने भित्तामा पुर्‍याउँछु


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू यद्धको कमाण्डर भएको भन्दै कठोर हुनुपर्ने समय आए प्रतिगमनकारीलाई भित्तामा पुर्‍याइदिने चेतावनी दिएका छन्।

प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।

उनले भने, ‘म अलि भावुक खालको छु फकायो भने फकिहाल्छु। अब केपी ओली तपाइँ सकिनुभयो। म युद्धको पनि कमान्डर थिएँ। म कडा भए फेरि भित्तामै पुर्‍याउँछु।’

प्रचण्डले ओली खोक्रो राष्ट्रवादी भएको दाबी गर्दै जुन दिनबाट संसद विघटन भयो त्यो बेलादेखि ओलीको हातमा केही नभएको तर्क गरे ।

‘केपी ओलीको खोक्रो राष्ट्रवादी हो। जुनदिन ओलीले संसद विघटन गरे त्यदिनदेखि केपी ओलीको हातमा केही छैन।’

उनले प्राप्त उपलब्धि गुम्ने खतरा भएको र त्यसको सबैभन्दा बढी पीडाबोध आफूले गरेको बताए ।

उनले प्रधानमन्त्री ओलीलाई ऐना हेर्न पनि सुझाव दिए। भने, ‘तपाईंले आफ्नो अनुहार ऐनामा किन हेनुहुन्न?’

ओलीले वैशाखमा पनि अध्यादेश ल्याएर पार्टी फुटाउन खोजेका र असारमा पनि एमाले दर्ता गराएर नेकपा फुटाउन खोजेका आरोप लगाए ।

उनले थपे, ‘उहाँले मलाई पूर्व एमालेभित्र खेल्यो भन्नुहुन्छ। सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा पूर्वएमालेकै बहुमत छ। तर, त्यस्तो हुँदा किन तपाई अल्पमतमा पर्नुभयो? तपाई मलाई आरोप लगाइराख्नुभएको छ। आफ्नो अनुहार ऐनामा किन हेर्नुहुन्न?’

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ६ : ११ बजे

आईएनजीओको जागिर छाडेर गाउँमै कृषिकर्म

सुनसरी- कोशी किनार कृषि उपज उत्पादनका लागि उर्वर क्षेत्र मानिन्छ

स्थानीय सरकारको पहल : रामप्रसादराईमा वृद्धवृद्धाको भत्ता घरदैलोमा 

भोजपुर– नागरिकको सहजताका लागि रामप्रसादराई गाउँपालिकाले वडास्तरमै भत्ता वितरण सुरू

के पातलो मान्छे साँच्चै स्वस्थ हुन्छन त ?

काठमाडौं–  प्रायः मानिसहरू सोच्छन् कि यदि कोही पातलो छ भने

ट्रम्पविरुद्ध ४६ करोड डलर जरिवानाको सजाय उल्टियो: पूर्ण जित भएको प्रतिक्रिया

वासिङ्टन – अमेरिकी एक अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यक्तिगत

बैतडीमा महिला- बालबालिका हराउने क्रम बढ्दो, ५२ जनाको अवस्था अज्ञात

बैतडी– भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा महिला र बालबालिका हराउने