लुम्बिनीको जीतमा अनिलले लिए ४ विकेट « Khabarhub

लुम्बिनीको जीतमा अनिलले लिए ४ विकेट


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश सुखद् सुरुवात गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदनमा भएको खेलमा लुम्बिनीले ७७ रनको जीत हात पारेको हो।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको लुम्बिनीले प्रदेश २ सामु २ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

तर, उक्त लक्ष्य पछ्याएको प्रदेश २ ले ४२.४ ओभरमा सबै विकेट गुमाएर १सय८० रन मात्रै बनाउन सक्यो।

आफ्नो पहिलो खेलमा पराजित भएको प्रदेश २ का लागि विवेक यादवले अर्धशतकिय इनिङ्स खेले। उनले ४८ बलमा ३ छक्का र ३ चौकाको मद्दतले ५१ रन बनाए। यस्तै प्रदेश २ का लागि सुधिर चौधरीले ४२ रन, महेबुब आलमले ३१ रन, हरिशंकर शाहले २२ रन बनाए ।

प्रदेश २ विरुद्व अनिल खरेलले उत्कृष्ट बलिङ गरे। जसमा उनले १० ओभरमा २ मेडन ओभरसहित २४ रन खर्चेर ४ विकेट लिएका हुन्। यस्तै, विक्रम भुषाल र दिपेन्द्र रावतले समान २/२ विकेट लिए भने कृष्ण कार्की र अमित तामाङले १/१ विकेट लिए।

यसअघि पहिलो ब्याटिङ गरेको लुम्बिनीका लागि सन्दीप रजालीले र सौरभ खनालले अर्धशतकीय इनिङ्स खेले । सन्दीपले ८३ रनको योगदान दिदा सौरभले ५६ रन बनाएका थिए ।

यस्तै बिक्रम भुसालले ३६ रन बनाएका थिए । सन्दीप सुनार ११ रनमा आउट हुँदा कप्तान कृष्ण कार्कीले १० रन जोडेका थिए ।

प्रदेश-२ का हरिशंकर साहले ३ विकेट लिए । त्यस्तै दिब्यान्सु मल्लिकले २ विकेट लिएका थिए । समूह बी मा रहेको लुम्बिनीले २ अंक जोडेको छ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ९ : २४ बजे

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा