गण्डकीमाथि कर्णालीको सहज जित « Khabarhub

गण्डकीमाथि कर्णालीको सहज जित


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कर्णाली प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जीत हात पारेको छ। मुलपानी क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले गण्डकी प्रदेशमाथि ५ विकेटको सम्मानपूवक जीत हात पारेको हो।

सुरुवाती ब्याटिङ गरेको गण्डकीले ४२ ओभर तीन बलमा सबै विकेट गुमाएर २०४ रन बनाएको थियो। २०५ रनको लक्ष्य पछ्याएको कर्णालीले ३६.५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो।

कर्णालीका लागि हिमान्शु शाहीले ६८ रन बनाए। उनले ६० बलमा ७ चौकाको मद्दतले ६८ रन प्रहार गरेका हुन्।
यस्तै, कर्णालीका लागि विपिन रावलले ४९ रन बनाए भने राज शाहले ३२ रन जोडे।

कर्णालीविरुद्व प्रदेश २ का विपिन खत्रिले ४ विकेट लिए भने सुवा भण्डारीले १ विकेट लिए। यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको गण्डकीका राहुल उपाध्यायले ५३ रन प्रहार गरे भने अर्जुन कुमालले ४६ रनको योगदान दिए। त्यस्तै, कप्तान विपिन खत्रिले ३२ रन जोड्दा विसाल पौडेलले १५ रन बनाए भने।

गण्डकीविरुद्ध कर्णालीका बलरले ४१ रन एक्स्ट्रा दिए। जसले गण्डकीका लागि मध्यम लक्ष्यका लागि सहयोग पुर्याएको थियो।

त्यस्तै, कर्णालीका दिनेश अधिकारीले तीन विकेट गिराए भने अनुज चुनरा र दिवन पुनले समान २,२ विकेट लिए। समूह ए मा रहेको कर्णालीले पहिलो जितसँगै दुई अंक जोडेको छ भने तीन खेल खेलेको गण्डकीको २ अंक रहेको छ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ४ : ११ बजे

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई

अकबरे खुर्सानी लगाउन व्यस्त भोजपुरका किसान

भोजपुर- भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर