चाँदीका गहना र सुनसहित दुई पक्राउ « Khabarhub

चाँदीका गहना र सुनसहित दुई पक्राउ


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- सर्लाहीमा भन्सार छली ल्याएको चाँदीका गहना र सुनसहित दुई जना पक्राउ परेका छन् ।

नवलपुर–मलङ्गवा सडकखण्डबाट भन्सार छली ल्याइँदै गरेको अवस्थामा करिब ७१ तोला चाँदीका गहना र सुनसहित दुई जना पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय नवलपुर, सर्लाहीबाट खटिएको प्रहरी गस्ती टोलीले नवलपुर–मलङ्गवा सडकखण्डमा सवारी जाँच गर्ने क्रममा अवैध चाँदी र सुनसहित रौतहटको चन्द्रपुर नगरपालिका–१ का २७ वर्षीय मोटरसाइकल चालक शशिकृष्ण गजमेर र पछाडि सवार सरोज विकलाई पक्राउ गरेको जनाएको छ ।

छिमेकी देश भारतबाट मङ्लगवा हुँदै नवलपुरतर्फ आएको बा६९प ५१६१ नम्बरको मोटरसाइकललाई रोकी जाँच गर्दा भन्सार छलेर ल्याइएको ७१ तोला ३४ लाल चाँदीको गहना र २७.७ लाल सुन झोलामा पोका पारेर लुकाइएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए ।

उनीहरुको साथबाट नगद ३७ हजार ५०० समेत बरामद भएको र भन्सार छली गरेर ल्याइएको गहनाको अन्दाजी मूल्य रु ७० हजार कायम गरी थप अनुसन्धान र कारवाहीका लागि भन्सार कार्यालय मलङ्गवामा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

खुला सिमानाका कारण पछिल्लो समय भन्सार छली तथा सिमानामा चोरी तस्करीका घटना निरन्तर हुने गरेका प्रहरीको अनुसन्धानले देखाएको छ ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  १२ : ४५ बजे

राप्रपा बैठक बहिष्कारबारे पूर्वअध्यक्षको स्पष्टीकरण: ‘पार्टी कमजोर भएको मूकदर्शक बनेर हेर्न सक्दैनौँ’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हालै सम्पन्न केन्द्रीय

पहिलो पटक विश्वकप खेलेको केप भर्डेको तहल्का: स्पेनपछि उरुग्वेलाई झट्का

मियामी – पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले आफ्नो सनसनीपूर्ण

इरानसँग बेल्जियमको गोलरहित बराबरी, एनगोयले पाए रातो कार्ड

लस एन्जलस- उपाधि दावेदार मानिएको बेल्जियम फिफा विश्वकप अन्तर्गत समूह

साउदी अरेबियामाथि स्पेनको चार गोल: लामिने यामालको ऐतिहासिक विश्वकप यात्रा

एटलान्टा – युवा स्टार लामिने यामाल र मिकेल ओयार्साबालको उत्कृष्ट

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर