नेप्से १५ अंकले बढ्यो, ६ अर्ब २१ करोडको कारोबार | Khabarhub Khabarhub

नेप्से १५ अंकले बढ्यो, ६ अर्ब २१ करोडको कारोबार


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेयर बजारमा आज ६ अर्ब २१ करोड रुपैयाँको कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज २ सय ११ कम्पनीको सेयर कारोबार भएको हो।

आज नेप्से १५.८७ अंकले बढेर २३ सय ४२ दशमलव ७६ विन्दुमा पुगेको छ। उक्त कारोबारमा १ करोड ५९ लाख ८१ हजार ९ सय ५२ कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा ५३ हजार ३ सय ३४ पटक सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ।

कुल १२ समूहमध्ये आज वाणिज्य बैंक, व्यापार, होटल, उत्पादन र अन्य समूहको कारोबार सूचक झरेको छ भने बाँकीको कारोबार सूचक बढेको छ।

नेपाल लाइफ इन्स्योरेन्सको आज सर्वाधिक ६१ करोड ४० लाखको कारोबार भएको छ। दोस्रो सर्वाधिक कारोबार भने प्रभु बैंकको छ। बैंकको २९ करोड ५२ लाखको, पुनर्बीमा कम्पनीको २७ करोड ३६ लाखको, शिखर इन्स्योरेन्सको २५ करोड १९ लाखको र एनआईसी एसिया बैंकको १८ करोड २८ लाखको कारोबार भएको हो।

आज १५ कम्पनीको सेयर १० प्रतिशत हाराहारीमा बढेको छ। यी कम्पनीका लगानीकर्ताले कमाउँदा गुमाउनेले भने आज ३.९५ प्रतिशतसम्म गुमाएका छन्।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ५ : ०४ बजे

पटकासहित एक जना पक्राउ

पर्सा– वीरगन्ज महानगरपालिका-१ बाट करिब १ लाख ३९ हजार ९ सय

गाजामा युद्धविराम कायम राख्नु जीवनरक्षाका लागि अत्यावश्यक : संयुक्त राष्ट्रसङ्घ

जेनेभा- संयुक्त राष्ट्रसङ्घले गाजामा हाल कायम रहेको युद्धविरामलाई ‘जीवनरक्षाका लागि

आगलागीबाट दुई घर जलेर नष्ट

त्रिशूली– ककनी गाउँपालिका–१ स्थित जलकुनीमा आज आगलागी हुँदा दुई घर

नेपाली क्रिकेट खेलाडीको तस्बिर राखेर कालीपूजा पण्डाल

भद्रपुर– यहाँस्थित भद्रपुर–६ मा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिर राखेर

ज्योतिपुञ्ज कपको उपाधि आयोजकलाई

रामपुर– पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको जिल्लाकै सर्वाधिक राशिको तेस्रो