शपथग्रहण अघि  छोरा र गृहराज्यलाई सम्झिएर भावुक बने बाइडेन « Khabarhub

शपथग्रहण अघि  छोरा र गृहराज्यलाई सम्झिएर भावुक बने बाइडेन


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जो बाइडेनले केहीबेरमा अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा शपथ ग्रहण गर्दैछन् ।

सपथका लागि बाइडेन र नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिस समेत क्यापिटल हिलस्थित संसद् भवनमा पुगिसकेका छन् ।

बाइडेनसँगै उनकी पत्नी जिल बाइडेन पनि सपथ समारोहमा सहभागी भएकी छिन् ।

उनी डेलावेयरबाट निजी विमानमा वाशिङटन डिसी गएका हुन् । वाशिङटन डिसी जाँदै गर्दा उनले आफ्ना छोरालाई सम्झिँदै भावुक बनेका थिए । गृहराज्य छोड्दै गर्दा उनी निकै भावुक देखिएका थिए ।

उनले गृहराज्यबासीलाई धन्यबाद दिएका थिए ।

२०१५ मा ब्रेन क्यान्सरका कारण ज्यान गुमाएका छोरा ब्यू बाइडेनलाई सम्झिँदै भावुक बनेको अनतर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  १० : २९ बजे

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी– कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि

इन्द्रजात्राका लागि सजाइँदै वसन्तपुर क्षेत्र (तस्बिरहरू)

काठमाडौं– आउँदो इन्द्रजात्रालाई लक्षित गर्दै वसन्तपुरस्थित गद्दी बैठकमा रंगरोगन गर्ने

मोदीले आयोजना गरेको डिनर पार्टीमा किन गएनन् सी चिनफिङ ?

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतको नयाँ दिल्लीमा आयोजित ब्रिक्स

 समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

ललितपुर– देशको राजधानी काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख सडक पृथ्वी