तराईमा आज पनि बाक्लो हुस्सु, कस्तो रहला तीन दिनको मौसम ? « Khabarhub

तराईमा आज पनि बाक्लो हुस्सु, कस्तो रहला तीन दिनको मौसम ?


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभावले आज पनि मौसममा बदली भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लागेको छ ।

हाल प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ ।

आगामी २४ घण्टा देशको उच्च हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

‘घाम नलाग्दा  दिउँसोको  तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका केही भू-भागहरुमा बिहान र दिउँसोको समयमा बाक्लो हुस्सु्कुहिरो समेत लाग्ने सम्भावना छ,’ महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा भनिएको छ, ‘चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।’

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

माघ ८ गते (बिहिबार)

दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

राति : प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही देशका बाँकि भू -भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ ९ गते (शुक्रबार)

दिउँसो :  प्रदेश नं १, बागमती, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकि भू- भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

राति : सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागहरुमा आंशिक बदली रहनेछ।

माघ १० गते (शनिबार)

दिउँसो :  सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागहरुमा आंशिक बदली रहनेछ।

राति : पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ७ : १० बजे

सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा वितरण गर्दै महानगर

गण्डकी– पोखरा महानगरपालिकाले किसानलाई सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा वितरण

रामकृष्णलाई तनाव दिँदै, वर्षालाई रुवाउँदै फ्लप भयो ‘मालती मंगले’

काठमाडौं – प्रदर्शनको संघारमा बहिष्कारमा परेको फिल्म ‘मालती मंगले’ फ्लप

रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित

एजेन्सी– अमेरिकी विदेशमन्त्री मार्को रुबियोको भारत भ्रमणले वासिङ्टन र नयाँदिल्लीबीच

मेस्सी खेलको बीचमै बाहिरिँदा मियामीको जित छायामा पार्‍यो, विश्वकपअघि चोट लागेको आशंका

मियामी- आइतबार राति न्यू स्टेडियममा इन्टर मियामीले फिलाडेल्फिया युनियनलाई ६-४

सरकारी विज्ञापन निर्णयविरुद्ध महासंघद्वारा सभामुख र राष्ट्रियसभा अध्यक्षलाई ज्ञापनपत्र

काठमाडौं– सरकारी सूचना (विज्ञापन) सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयविरूद्व आन्दोलनरत