राष्ट्रिय मिर्गौला उपचार केन्द्रले डायलाइसिस नर्सिङ तालिम दिने « Khabarhub

राष्ट्रिय मिर्गौला उपचार केन्द्रले डायलाइसिस नर्सिङ तालिम दिने


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नर्सिङ अध्ययन सकेका नर्सहरुका लागि राष्ट्रिय मिर्गौला उपचार केन्द्रले डायलाइसिस नर्सिङ तालिम आयोजना गर्ने भएको छ ।

केन्द्रले आगामी जेठ १ गतेदेखि ३ महिने बेसिक डायलाइसिस नर्सङ तालिम संचालन गर्न लागेको जनाएको छ ।  डायलाइसिस नर्सिङ तालिम लिन इच्छुक नर्सहरुले बैशाख २० गतेसम्म आवेदन दिन सक्नेछन् ।

केन्द्रले बैशाख २४ र २५ गते आवेदन दिएका नर्सहरुबाट परीक्षा तथा अन्तर्वाता प्रणलीबाट डायलाइसिस नर्सिङ तालिमका लागि नर्स छनोट गर्नेछ ।

केन्द्रले आवेदन दिएका नर्सहरुबाट तालिमका लागि २४ जना मात्रै छनोट गर्ने जनाएको छ । मिर्गौलाका बिरामीका लागि डायलाइसिसको विषयमा विशेष ज्ञान हुनुपर्ने भएकाले केन्द्रले नर्सिङ अध्ययन गरेका नर्सहरुलाई डायलाइसिसको तालिम दिँदै आएको छ ।

हालसम्म २५ सय नर्सहरुलाई डायलाइसिस नर्सिङ तालिम दिइसकेको केन्द्रका प्रेस संयोजक विमल बरालले जानरकारी दिए ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ५ : २४ बजे

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा