ओलीलाई नेकपाको साधारण सदस्यबाटै हटाउँछौ: माधव नेपाल | Khabarhub Khabarhub

ओलीलाई नेकपाको साधारण सदस्यबाटै हटाउँछौ: माधव नेपाल


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउने बताएका छन् ।

बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित बृहत बिरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउने बताएका हुन ।

‘केपी ओली २०७१ देखि पूर्वएमालेमा पनि घाँडै थिए, पार्टी एकीकरण पछि पनि घाँडै भए,’ नेपालले भने, ‘आजदेखि उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको घोषणा यहीँबाट गर्छौं ।’

उनले ३ दिनको समय राखेर स्पष्टीकरण सोधिए पनि चार दिनसम्म समेत जवाफ नदिएको भन्दै अब उनलाई पार्टीबाट निष्काशन गर्नुको विकल्प नभएको बताए ।

सम्बोधनका क्रममा अध्यक्ष नेपालले संसद पुनःस्थापना हुने दाबी गरे । विरोध सभामा नेताहरु जनार्दन शर्मा, शक्ति बस्नेत लगायतका नेताहरु सहभागी भएका थिए ।

ओलीले रेल र पानीजहाजको कुरा गरेर जनतालाई आश्वासन बाड्ने बाहेकको कुनै पनि काम नगरेको समेत उनले आरोप लगाए ।

केपी ओलीको गुट ‘सडकछाप’ मात्र नभई सडकको धुलो पार्टी भएको नेता नेपालले टिप्पणी गरे।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ४ : २९ बजे

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मोहम्मद अफताब आलमको उपचारका क्रममा मृत्यु

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्युु भएको छ कात्तिक

आज २०८२ साल कात्तिक २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २२ गते शनिबार। मंसिर

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा