दुध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैयाँ अनुदान | Khabarhub Khabarhub

दुध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैयाँ अनुदान


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल–रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दुध उत्पादक किसानलाई उत्पादनको आधारमा आर्थिक अनुदान प्रदान गरेको छ ।

नगरपालिकाले सहकारीमार्फत किसानलाई प्रतिलिटर एक रुपैयाँको दरले अनुदान उपलब्ध गराएको हो । उत्पादनको आधारमा अनुदान दिने नीतिअनुरूप यो वर्ष किसानले ४५ लाख ९८ हजार ८ सय २१ रुपैयाँ प्राप्त गरेका छन् ।
अनुदान रकम साना किसानसम्म पु¥याउन एक आर्थिक वर्षमा सहकारीमार्फत बिक्री गरेको दुधको परिमाणअनुसार अनुदान रकम प्रदान गरिएको नगर प्रमुख वासुदेव घिमिरेले बताए ।

सहकारीले उपलब्ध गराएको आर्थिक वर्ष २०७६÷७७ को लेखापरीक्षण प्रतिवेदनको आधारमा २० वटा दुग्ध उत्पादक सहकारीमा आबद्ध ३ हजार २५५ जना किसानले अनुदान रकम प्राप्त गरेका हुन् ।

मङ्गलबार सहकारीलाई प्रदान गरिएको अनुदान रकम किसानले प्राप्त गर्नेछन् । नगरपालिकाले गत आर्थिक वर्षमा पनि यहीँ नीतिअनुरूप झण्डै ३७ लाख रुपैँयाँ किसानलाई उपलब्ध गराएको थियो । उत्पादनको आधारमा अनुदान दिँदा साना किसान लाभान्वित हुने नगर उपप्रमुख जगेश्वरदेवी चौधरीको भनाइ छ ।

यो वर्ष वडा नम्बर १४ स्थित गौतम बुद्ध दूग्ध चिस्यान केन्द्रले सबैभन्दा बढी ९ लाख २६ हजार ८५२ रुपैयाँ प्राप्त गरेको छ । सोही वडाको टिकुलिगढ दूग्ध उत्पादक सहकारीले ५ लाख २० हजार ५४, वडा नम्बर १२ को गोकुल दूग्ध उत्पादक सहकारीले ४ लाख ७० हजार ५२७, वडा नम्बर ६ को पञ्चामृत दूग्ध उत्पादक सहकारीले ४ लाख २७ हजार ५५७ रुपैयाँ पाएका छन् ।

गत वर्षको तुलनामा यो वर्ष दुध उत्पादन बढेकोले किसानले झण्डै आठ लाख रुपैयाँ बढी अनुदान रकम प्राप्त गरेका छन् ।
दुधमा आत्मनिर्भर तिलोत्तमामा वार्षिक एक करोड लिटर दुध उत्पादन हुने गरेकोमा त्यसको झण्डै आधा दुध सहकारीमार्फत् विक्री हुने गरेको छ ।

अनुदान वितरण कार्यक्रममा दूग्ध उत्पादक सहकारी संघका केन्द्रीय सदस्य हरि काफ्लेले किसानको पक्षमा तिलोत्तमा नगरपालिकाले गरेका काम प्रशंसनीय रहेको बताए । उनले सोझै किसानको हातमा रकम जाने यो कार्यक्रम सबैको लागि अनुकरणीय रहेको बताए ।

दूग्ध उत्पादक सहकारी संघका जिल्ला अध्यक्ष लेखनाथ पाण्डेयले तल्लो तहको किसानको गोठमा पुग्ने अनुदानले साना किसानलाई प्रोत्साहन मिलेको बताए । उनले विशिष्ट सहकारीमार्फत् बन्न थालेको दूग्ध प्रशोधन केन्द्रमा सेयर लगानी गर्न प्रारम्भिक सहकारी संस्थाहरूलाई आग्रह गरे ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ४ : ४६ बजे

आज २०८२ साल कात्तिक १२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक १२ गते बुधबार। कात्तिक

बिहीबारदेखि शनिबारसम्म बागमती, मधेश र कोशी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ- बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण आगामी बिहीबारदेखि

मनास्लु क्षेत्रमा करु काट्ने सिजन सुरु

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा प्रमुख बाली करु भित्र्याउने सिजन

मकालु आधार शिविर क्षेत्रमा वर्षा र हिमपात, पर्यटकलाई सचेत रहन आग्रह

किमाथाङ्का, (सङ्खुवासभा)- सङ्खुवासभाको उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले

कास्की प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा १८ जना पक्राउ

पोखरा- जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरू