कांग्रेस महाधिवेशन : चितवनमा वडा अधिवेशन असोज ३ र ४ गते « Khabarhub

कांग्रेस महाधिवेशन : चितवनमा वडा अधिवेशन असोज ३ र ४ गते


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

भरतपुर– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवनमा वडा अधिवेशन असोज ३ र ४ गते हुने भएको छ । जिल्लाका ९८ वटै वडामा हुने अधिवेशनमा २७ हजार ५ सय क्रियाशील सदस्य सहभागी हुने कांग्रेस चितवनले जनाएको छ ।

केन्द्रीय कार्य तालिकाअनुसार नै चितवनमा महाधिवेशनअन्तर्गतका कार्यक्रम अघि बढाइएको हो। अधिवेशनको तयारीबारे कांग्रेस चितवनले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । 

कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार जिल्लाका ९८ वडामध्ये सम्बन्धित वडाको अनुकूलताअनुसार असोज ३ वा ४ गते वडा अधिवेशन सम्पन्न गरिनेछ। वडा अधिवेशनमा युवा तथा महिलाको सहभागिता सुनिश्चित गरिएको उनले बताए ।

उनका अनुसार भूगोल, जातीय समुदाय तथा फरक क्षमता भएका व्यक्तिको समेत समावेशी र समानुपातिक सहभागितालाई प्राथमिकता दिइएको छ ।

वडा अधिवेशनबाट जिल्लामा ३ हजार १ सय क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । निर्वाचित क्षेत्रीय प्रतिनिधिले सम्बन्धित पालिका कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, बागमती प्रदेश प्रतिनिधि, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य तथा जिल्ला कार्यसमिति चयन प्रक्रियामा सहभागिता जनाउनेछन् ।

कांग्रेस चितवनका अनुसार असोज ७ गते पालिका अधिवेशन हुनेछ भने असोज १० गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका तय गरिएको छ । यससँगै जिल्लामा कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको तल्लो तहदेखि नेतृत्व चयन प्रक्रिया अघि बढ्नेछ ।

तस्बिरहरू – नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  १२ : २३ बजे

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६०

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि