दिल्लीप्रति आभार प्रकट गर्दै सन्दीपले लेखे : अब नयाँ यात्रा अगाडि छ « Khabarhub

दिल्लीप्रति आभार प्रकट गर्दै सन्दीपले लेखे : अब नयाँ यात्रा अगाडि छ


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपीएल) टिम दिल्ली क्यापिटललाई धन्यवाद दिएका छन्।

उनले बिहीबार बेलुका ट्विट गर्दै आफूलाई आईपीएलमा अवसर दिएको भन्दै दिल्ली परिवारलाई आभार प्रकट गरेका हुन्।

उनले लेखेका छन,`आईपीएलले मलाई धेरै कुराहरु दिएको छ। खासगरी टिम दिल्लीले। जसले मलाई विश्वास गर्यो र अवसर दियो।´

दिल्लीले सन्दिपलाई बुधबार तीन वर्षको अनुबन्ध सकिएपछि रिलिज गरेको थियो।

उनीसहित दिल्लीले ६ जना खेलाडीलाई रिलिज गरेको छ। सन्दिपले सम्झनलायक ३ वर्षका लागि दिल्ली परिवारलाई कृतज्ञ भएको समेत बताएका छन्।

उनले पहिलो पिक गर्ने हेमन्त दुवेलाई सम्झेका छन्। सन्दीपले अब नयाँ बाटो प्रसस्त भएको रहेको उल्लेख गरेका छन्।

उनले लेखेका छन, ´अब नयाँ यात्रा अगाडि छ।´

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ६ : ४२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना