अदालतका कर्मचारीका लागि नयाँ आचारसंहिता, फेसबूकमा जे पायो त्यही लेख्न नपाइने « Khabarhub

अदालतका कर्मचारीका लागि नयाँ आचारसंहिता, फेसबूकमा जे पायो त्यही लेख्न नपाइने


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सर्वोच्च अदालतले लामो समयपछि सबै तहका अदालतमा कार्यरत कर्मचारीलाई लागू हुनेगरी कर्मचारी आचारसंहिता जारी गरेको हो ।

अदालतले जारी गरेको संहिताअनुसार कर्मचारीले पदीय मर्यादा ख्याल गर्नुपर्ने, अदालतको सामान तथा सुबिधाको दुरुपयोग गर्न नहुने, सूचना दिन वा सूचना दुरुपयोग गर्न नहुने, व्यापार व्यवसायमा प्रत्यक्ष वा परोक्ष रुपमा संलग्न हुने नहुने र राजनीतिक तटस्थता कायम गर्नुपर्ने छ ।

इजलाश चलिरहेको बेला कर्मचारी इजलाशबाट बाहिर निस्कन नहुने  व्यवस्था रहेको संहितामा सामाजिक सञ्जालको प्रयोग गर्दा जिम्मेवार हुनुपर्ने समेत व्यवस्था गरेको छ ।

संहितामा फेसबूकलगायतका सामाजिक सञ्जाल प्रयोग गर्दा न्यायपालिका र सम्बद्ध न्यायाधीश, कर्मचारीको मानमर्दन हुनेगरी वा भ्रम फैलाउने खालका सामग्री पोष्ट गर्न, सेयर गर्न समेत नपाउने व्यवस्था गरिएको छ ।

संहिताविपरितको काम गरे विभागीय कारबाही गर्ने व्यवस्था समेत संहितामा समावेश गरिएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ६ : ०१ बजे

पहिरोपछि बनेको अस्थायी ताल फुट्यो, प्रहरीले भन्यो : उद्धार रोकेर सुरक्षित स्थानमा जानू

काठमाडौं- नेपाल–चीन सीमा क्षेत्रमा पहिरोपछि बनेको अस्थायी ताल फुटेपछि चीनले

हाइड्रोको सुरुङमा फसेकालाई यसरी निकाल्यो सेनाले

काठमाडौं– रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन– रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव

रसुवाको भोटेकोसीमा राहतका लागि सरकारी संयन्त्रसँग समन्वय गर्न आग्रह

काठमाडौं– रसुवाको भोटेकोसीमा बाढीपीडितका लागि राहत तथा उद्धार कार्यलाई व्यवस्थित

रसुवा बाढी : अष्ट्रेलियाको ५० लाख डलर सहायता घोषणा, प्राविधिक टोली नेपाल आउने

काठमाडौं- रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख डलर बराबरको