प्रहरीलाई आधुनिकीकरण गरी स्रोत साधनले सम्पन्न बनाइने छ : गृहमन्त्री थापा « Khabarhub

प्रहरीलाई आधुनिकीकरण गरी स्रोत साधनले सम्पन्न बनाइने छ : गृहमन्त्री थापा


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– गृहमन्त्री रामबहादुर थापा (बादल)ले प्रहरीलाई आधुनिकीकरण र स्रोत साधनले सम्पन्न बनाउनका लागि आवश्यक प्रयास गरिने बताएका छन् ।

गृहमन्त्री बादलले प्रहरीलाई आधुनिकीकरण र स्रोत साधनले सम्पन्न बनाउनका लागि बजेटमा विशेष व्यवस्था गरिने समेत बताए ।

मंगलबार गृह मन्त्रालयमा आयोगित आगमी आर्थिक वर्ष २०७६÷०७७ को बजेटमा गृह मन्त्रालयको बजेटबारे छलफलमा गृहमन्त्री थापाले विकास र समृद्धिको लक्ष्य हासिल गर्न सुरक्षामा लगानी गर्न अनिवार्य रहेको पनि बताए ।

गृहमन्त्री थापाले विगतको कामको समीक्षा गरेर नयाँ बजेटमा सोही अनुसार बजेटको खाका बनाउन पनि मातहतका कर्मचारीलाई निर्देशन दिए ।

आगमी आवको बजेट सिलिङमा गृह मन्त्रालयको बजेट घटाइएको भन्ने सुनिन आएको उल्लेख गर्दै गृहमन्त्री थापाले गृह मन्त्रालयको बजेट घटाउन नहुने बताए ।

गृहसचिव प्रेमकुमार राईले मन्त्रालयका लागि परम्परावादी भन्दापनि नयाँ ढाँचाको बजेट बनाउन सुझाव दिए ।

गृहसचिव राईले खर्चगर्न सक्ने काममा मात्रै बजेट माग गर्न र आएको बजेट सक्नेगरी काम गर्न समेत निर्देशन दिए ।

मंगलबारको बैठकमा गृह मन्त्रालयअन्तर्गतको नीति, योजना तथा कार्यक्रम महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, कारागार विभाग लगायतका निकायले आफ्नो बजेटको मागबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ६ : १४ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने